टिका थेगिमको “घुम्न लाइ जाउ ईलाम” बजारमा (भिडियो सहित )

227

कोरियालाई कर्मभूमि बनाउदै आएका टीका थेगिमले नेपाली गीत संगित लाइ एउटा नौलो आयाम थप्ने प्रयास गरेका छन। विगत आधा दशक देखि निरन्तर गीत संगितमा लागिरहनु भएका थेगिमले केहिदिन अगाडि मात्र “घुम्न लाइ जाउ इलाम” बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन । यस गीतमा पुर्वि इलाम कन्यामको विषेश वर्णन गरिएको छ । “नेपालको सुदुर पुर्व प्रदेश नम्वर १ ईलाम जिल्लामा पर्ने कन्याम चियावारी बारे थाहा नहुने सायद कमै होलान ! तै पनि ईलाम कन्याम लाई गित संगितको माध्यमबाट अझ बढि प्रभाबकारी प्रचार प्रसार होस भन्ने उदेश्यले र आउदै गरेको नेपाल भ्रमण बर्स ( visit nepal २०२० ) मा ईलाम कन्यामबारे यो गीतको महत्वपूर्ण भुमिका रहने बिस्वासका साथ यो गितको शब्द लेखेको हो ” थेगीमले बताउनु भयो । यो गीतको छायाँङ्कन पहाडको रानि इलामको बिभिन्न सुन्दर  स्थानहरूमा गरिएको छ ।

म्युजिक भिडियो पोस्ट प्रोडक्सनले तयार गरेको हो । गीतमा शब्द टिका थेगिम र संगित संगितकार उत्तम जंग लिम्बूको रहेको छ ।गीतमा कोकिल स्वरकि धनि अनु चौधरिले स्वर भरेका छन । म्युजिक भिडियोमा मुख्य अभिनय परिक्षा थाम्सुहाङ लिम्बुको रहेको छ,कोरसमा सन्ध्या भण्डारि,विना माझि,यसोधा माझि र सल्मा माझिले अभिनय गरेका छन । म्युजिक भिडियोको निर्देशन निशान सुब्बाले गरेका हुन । त्यसैगरि अडियो रेकर्ड अजय कार्किले गरेका हुन । स्मरण रहोस टिका थेगिमले यो भन्दा अघि ढकमक्क गुरॉंस फुल्यो भन्ने बोलको गीत सार्बजानिक गरिसकेका छन ।

भिडियो

प्रतिक्रियाहरू