ट्रम्पसँगको शिखर वार्तापछि उत्तर कोरियाली नेता किम चिनियाँ नेता सिलाई भेट्न बेइजीङ पुगे

0
940

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले चिनियाँ राष्ट्रपति सि जिङपीङलाई आज बेइजीङमा भेटवार्ता गरेका छन् । तियामेन स्वाक्यरस्थित ग्रेट हल अफ पुपिलमा किम र सिबीच भेटवार्ता भएको श्रोतलाई उद्धृत गर्दै कोरियन सञ्चार माध्यमहरुले जनाएका छन् । दुइ नेताबीच कुन कुन विषयमा छलफल भएको छ भनेर खुलाइएको छैन् । दक्षिण कोरिया र अमेरिकाका राष्ट्रपतिबीच शिखर वार्ता भएपछि दुइ नेताबीचको भेटघाट बाक्लीदै गएको छ । दुइ नेताबीच तीन महिनाको अवधिमा भएको यो तेश्रो भेटवार्ता हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गत साता सिंगापूरमा ऐतिहासिक शिखर वार्ता पछि किम बेइजीङ पुगेका हुन् । अमेरिकासँग नयाँ सम्बन्ध स्थापित गर्दै किमले सुरक्षा ग्यारेन्टीको बदला पुर्ण निशस्त्रीकरण गर्ने प्रतिबद्धता ट्रम्पसँग गरेका थिए । विश्वलाई चकित पार्दै भएको किम र ट्रम्पबीचको शिखर वार्ताले कोरियाली प्रायद्धिपमा शान्ति र अमैनचैन स्थापना हुने बलियो आशा बढेको छ । ट्रम्प र किमबीचको शिखर वार्तामा चीन र रुसको बलियो हात रहेको विश्लेषण भइरहेको समयमा किमले सिलाई भेट्न गएपछि थप पुष्ट्याइ गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here