ठगि र आर्थिक अनियमिता गर्ने पिआरधारी माथि कोरियन सरकारको कडाइ, बच्चा पाए पनि नागरिकताबाट बन्चित

780

दक्षिण कोरियामा स्थायि बसोवास पिआर कार्ड पाएका विदेशीले भ्रष्टाचार, ठगी र आर्थिक अनियमिता गरेको अभियोग लागे राष्ट्रिय परिचय पत्र नपाउने भएका छन् । गत साता अदालतले कोरियनसँग विहे गरेर एफ फाइभ भिषा पाएका विदेशीले आर्थिक हिनामिना गरेको पाइएमा वैध नागरिक हुनबाट बन्चित गर्ने फैसला गरेको छ । कोरियनसँग वैवाहिक बन्धनमा बाँधिएर ४ बच्चा समेत जन्माएकी दक्षिणपुर्वी एशियाकी एक महिलाले न्याय मन्त्रालयमा नागरिकताका लागि सम्पुर्ण प्रमाणपत्र सहित आवेदन दिएपनि अस्वीकार भएको उजुरी गरेपछि सउल प्रशासनको फैसला बाहिर आएको हो । उनले गत अप्रिलमा नागरिकताका लागि आवश्यक प्रमाणपत्र र आवेदन पेश गरेकी थिइन् । कोरियाको नयाँ सदस्य हुन उनको नैतिक चरित्र र व्यवहारले कठिन हुने फैसला अदालतको छ । विदेशी कामदार सहायता केन्द्रमा कन्सुलरको काम गर्दा ती महिलाले छ जना कामदारको ४ करोड वोन ठगि गरेको अभियोग छ ।

प्रतिक्रियाहरू