डाइनामिक मोरगं कमिटीको ५ औ अधिवेशन जनवरी २४ तारिक हुने

263

मोरगं जिल्लाबासीहरुको साझा संस्था डाइनामिक मोरगं कमिटीको ५ औ अधिवेशन जनवरी २४ तारिक हुने भएको छ । कोरियन पर्व सलनालको पहिलो दिन सउलस्थित हेवादोगंमा रहेको निरोशा रेष्टुरेण्टमा दिउसो १२ बजे देखि अधिवेशन शरु हुने संस्थाले जानकारी गराएको छ ।

संस्थाका अध्यक्ष भुवन तिम्सिनाले कोरियामा रहेका सम्पुर्ण मोरगं जिल्लाबासीहरुलाई उक्त दिन भेला भई अधिवेशन सफल पार्न अनुरोध गर्नुभएको छ ।

५ औ अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमित चयन गर्नेछ भने संस्थाले हालसम्म गरेका गतिविधीहरु सार्वजनिक गर्नेछ ।

प्रतिक्रियाहरू