डिएसएमई मगर समाजद्धारा १५ लाख ३ हजार ३ सय वन सहयोग 

528

दक्षिण कोरियाको ख्यङ्साङ्नाम्दो क्षेत्रको गजेदोमा अबस्थित डेउ कम्पनिमा कार्यरत मगरहरुको संस्था डिएसएमइ मगर समाजले नेपाल स्नेहि काखलाई १५ लाख ३ हजार ३ सय वन सहयोग प्रदान गरेको छ ।

सेवा नै धर्म हो भन्ने भावना समाजको सक्रियतामा “जात्रै जात्रा” फ़िल्म प्रदर्शन गरि सो बापत आएको नाफा १५ लाख ३ हजार ३ सय वन को नेपाली  १ लाख ४० हजार ७ सय २७ रुपैया समाजले सहयोग गरेको हो ।

श्रीनेहा पोखरेलद्वारा सञ्चालित नेपालमा ललितपुरको कुसुन्ति हाईटमा रहि विविध कारणले मानसिकता गुमाउन पुगेका वा बाटोमा अलपत्र परेका मानिस तथा बाल बलिका हरुलाई नेपाल स्नेहि काख ले आश्रय दिईरहेको छ ।

उक्त फ़िल्म प्रदर्शन कार्यक्रम सफल पार्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने गजेदो वरिपरि रहनुहुने व्यक्ति तथा संघ संस्था हरु डेउ नेपालि एकता समाज, किरात राई ययोक्खा, याक्थुङ चुम्लुङ ययोक्खा, डिएसएमइ तमु धिंः, डिएसएमइ तामाङ समाज,डेउ फुटबल, लुम्बिनी रेष्टुरेण्ट, लिटिल नेपाल रेष्टुरेण्ट लगायत सम्पूर्ण अन्य संघ संस्था एवं व्यक्तिहरुलाई समाजको तर्फबाट अध्यक्ष मुक्ति पुनले धन्यवाद ब्यक्त गर्नुभएको छ ।

प्रतिक्रियाहरू