डोनाल्ड ट्रम्प र किम जोङ् उन बीच दोश्रो सिखर बार्ता यहि फेब्रुरी २७ र २८ मा भियतनाममा हुदै

560

अमेरिका र उत्तर कोरियाली उच्च नेता स्तरीय दोस्रो शिखर बार्ताको मिति तय भएको l यहि फेब्रुरी २७ र २८ तारिख किम जोङ उन र ट्रमप बिचको बार्ताको अन्तिम तयारि भैरहेको उमेरिकी संचार मध्यमलाइ उद्धृत गर्दै  योंहापले जनाएको  छ l बार्ताको स्थान भने भियतनामलाइ रोजिएको छ l बार्ताको थप जानाकरी भने ट्रम्पले केहि दीनमा हाउस अफ च्याम्बर लाइ दिने अपेक्षा गरिएको छ l

यसभन्दा पहिला दुइ नेता स्तरीय पहिलो सिखर बार्ता गत जुन मा सिंगापुरमा भएको थियो l उत्तर कोरियाले दोस्रो बार्ताको लागि प्योङयाङ लाइ प्रस्ताब गरेका थियो भने अमेरिकाले भियतनामलाइ उपयुक्त स्थानको रुपामा प्रस्ताब राख्दै आएको थियो l

हाल बार्ताको अन्तिम तयारि स्वरूप अमेरिकी बिसेष दुत स्टेफेन बेईगुन  दक्षिण कोरिया हुदै उत्तर कोरियाको  भ्रमणमा छन् l

दोस्रो शिखर बार्ताले  उत्तर कोरिया संगको आणविक जटिलता अन्त्य भै सन् २०५० देखि ५३ सम्मको दुइ कोरिया बिचको सैन्य लडाई पूर्ण रुपले  समाप्त भएको घोषणा हुन्  सक्ने अपेक्षा गरिएको छ l

 

प्रतिक्रियाहरू