डोलिन्द्र प्रसाद शर्माको पुस्तक “बादल भित्रको घाम “ कोरियामा पनि उपलब्ध हुने

1703

साहित्य क्षेत्रमा लेखकहरुको लागि हजारै पुुरस्कार स्थापना भइसकेको छ । तर पाठकलाई पनि सम्मान र पुरस्कार गरिने चलन शुरु हुदैछ । यो अवसर दिलाउदै छ निबन्धकार डोलिन्द्र प्रसाद शर्माको पुस्तक “बादल भित्रको घाम “ले ।

शमी साहित्य प्रतिष्ठानले बजारमा ल्याएको सो पुस्तक पढेपछि पुस्तकको क्रमशंख्या सहित प्रतिक्रिया पठाउने पाठकहरु मध्ये तीन जनालाई रु. २५ हजारको पुरस्कार सहित सम्मान गरिने घोषणा गरिएको छ । त्यस्तै सोही पुस्तक बिक्रीको रकमबाट रु. एक लाख राशीको “बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार” स्थापना गरिने भएको छ ।

बिवादमा तानिएको साझा प्रकाशनमा हाल महाप्रबन्धक रहनु भएका डोलिन्द्र शर्माको यस पुस्तकमा साझा प्रकाशन भित्रका विक्रृती र विसंगतीलाई उजागर गरिएको छ । नेपालमा व्यप्त कर्मचारी तन्त्र र भ्रष्टचारको पनि खुलाखा गर्ने यस पुस्तकमा शर्माका बाल्यकालदेखि नेपालका शिक्षा , साहित्य र मनोरम स्थलको भ्रमणलाई पनि पाउछौ ।

कोरियामा रहेका पुस्तक प्रेमीहरुको लागि सो पुस्तक थेजन यक स्थित सगरमाथा रेष्टुरेन्टमा सम्पर्क गर्न सक्नु हुनेछ

प्रतिक्रियाहरू