Home लेख / साहित्य ढुकढुकीको कुना बाट…

ढुकढुकीको कुना बाट…

0
ढुकढुकीको कुना बाट…

गजल
ढुकढुकीको कुना बाट मुटु छान्ने होस माया |
मौनताको शब्दा अर्को दिलले जान्ने होस माया ||

घन्टौ सम्म बोलीराख्दा पनि कुरा झनै गहीरो |
बाइ भन्दा एक छिन बोलौ न भन्ने होस माया ||

अन्तिम सम्म सगै हुने बाचा कसीलो रहोस |
प्रतिकुल घडिमा पनि आफ्नै ठान्ने होस माया ||

दुबै तिर एस्तो भैरहोस कि कती खेर भेटौ |
चुम्बक झै यो मनले त्यो मन तान्ने होस माया ||

हजारौमा तिमी एक अर्को म एकको हिसाब |
एकमा एक जोड्दा पनि एकै वन्ने होस माया ||

आर•डी• धनुश राना मगर,
नवलपरासी, हाल द.कोरीया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here