तनाब ब्यवस्थापन तथा स्वेच्छिक घरफिर्ती सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

2809

दक्षिण कोरियाका लागि नेपाली राजदुतावासको आयोजना तथा छनान् वैदेशिक रोजगार सहयोग केन्द्रको सहयोगमा तनाब ब्यवस्थापन तथा स्वेच्छिक घरफिर्ती अन्तरक्रिया कार्यक्रम हिजो डिसेम्वर १ मा छनानमा सम्पन्न गरेको छ। कोरियाको छनान् माइग्रेन्ट सेन्टरमा सम्पन्न कार्यक्रममा नेपालीहरुको उल्लेखनीय सहभागीता रहेको थियो।
कार्यक्रममा नेपालवाट तनाव व्यवस्थापन विषयमा अनुभवी तथा सिनियर कन्सल्ट्यान्ट डा. केदार रायमाझीले प्रशिक्षण दिनुभएको थियो भने उहाँको विशेष प्रस्तुतिमा प्रशिक्षण र परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भइको थियो। त्यस्तै, राजदुतावासका अधिकारीहरुवाट स्वेच्छिक घरफिर्ती लगायत अन्य समसामयिक विषयमा समेत प्रस्तुति तथा छलफल भएको सहभागीले जनाएका छन् ।


हाल कोरियामा सुतेकै अवश्थामा मृत्यु हुने र डिप्रेसन तथा मानसिक रोगको कारण आत्महत्या गर्नेको संख्या दिनानुदिन वढिरहेको सन्दर्भमा यो प्रशिक्षण अति नै महत्वपूर्ण भएको बताउनुहुन्छ कोरियाका लागी नेपाली श्रम सहचारी डिल्लीराम वास्तोला। प्रशिक्षणमा तनाबलाई सजिलै कसरी व्यवस्थापन गर्न सकिन्छ? जिवनलाई अझै सफलताको शिखरमा कसरी पुर्याउन सकिन्छ? जस्ता जिवनोपयोगी सकारात्मक तत्वहरुको वारेमा प्रशिक्षण गराइएको थियो भने यस प्रकारका समस्या न्युनीकरणको लागि विघ्य सँग परामर्श, छलफल तथा सुझाव लिने, श्रमिकका गुनासाहरुलाई यथाशिघ्र कार्यस्थल नै गई सुनुवाई गर्ने तथा सम्वन्धित पक्षहरुसँग छलफल तथा पैरवी गर्न पनि दुतावासले सो कार्यक्रम आयोजना गरेको हो। कार्यक्रम आज पनि मोक्पो स्थित हुन्दाइ कम्पनीमा हुने भएको छ।