तिहारको मुखैमा कोरियामा दुःखद खबर , कम्पनी दुर्घटनामा एक नेपालीको मृत्यु

0
7421

नेपालमा दिपावलीको रौनक छाइरहेको बेला दक्षिण कोरियामा काम गर्न आएका एक नेपालीको दुःखद निधन भएको छ ।इपिएस मार्फत करिब २ बर्ष अघि आएका पाँचथरका राजेश तुम्बापोको मंगलबार औद्योगिक दुर्घटनामा परी निधन भएको श्रम कन्सुलर डिल्लीराम बास्तोलाले जानकारी दिएका छन् । मृतक तुम्बापो  छल्लाबोक्दो यांजीस्थित एक प्लास्टिक कम्पनीमा कार्यरत  थिए । मृतक तुम्बापो २ बर्ष देखि उक्त कम्पनीमा काम गर्दै आएका थिए ।

आज बिहान ८ बजेको समयमा काम गर्ने क्रममा मेसिनले च्यापिएर तुम्बापोको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।घटना बारे नेपालका आफन्तलाई जानकारी दिने तयारी भइरहेको बास्तोलाले बताए । मृतक तुम्बापोका भाइ पनि कोरियामै कार्यरत छन् ।
त्यसैगरी  थप विवरण लिन हामीले मृतकका सहकर्मीलाइ सम्पर्क गर्दा उनले  बिहान काम सुरु हुनै लाग्दा यस्तो दुखद घटना भएको बताए । घटनाको विवरण दिन आफु अहिले प्रहरी चौकीमा रहेको समेत बताए ।पछिल्लो समय कोरियामा दुर्घटनामा तथा अन्य कारणले मृत्यु हुनेको संख्या बढ्दो छ । गत साता दोलखाका आङकामि शेर्पाको हृदयघातका कारण अस्पतालमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here