दक्षिण कोरियामा तेस्रो आन्सान नेपाली भलिवल प्रतियोगिता जुन ४,२०२३ मा हुने भएको छ l “प्रवासी भूमिमा नेपाली एकता ,स्वास्थ्यका लागी खेलकुद अनिवार्य आवस्यकता ‘ भन्ने मूल नाराका साथ आन्सान नेपाली समाजको आयोजनामा उक्त प्रतियोगिता गर्न लागिएको हो l
कोरियाको आन्सान क्षेत्रमा गर्न लागिएको उक्त प्रतियोगितामा प्रथम पुरस्कार १५ लाख कोरियन वोन छ भने द्वितीय पुरस्कार १० लाख कोरियन वोन तथा तृतीयाको लागी ४ लाख वोन छ l साथै बिजेता टिमहरुले ट्रफी मेडल र प्रमाणपत्र समेत प्राप्त गर्ने आयोजकले बताएको छ l
खेल वारे बिस्तृत जानकारी पोस्टरमा दिइएको छ