थेगुमा प्रथम एनपीएस कप फुटबल प्रतियोगिताको तयारी पूरा, १८ टीमको सहभागिता

290

सउल देखि २ सय ३७ किलोमिटर टाढा रहेको थेगु शहरमा आयोजना हुने प्रथम एनपीएस कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जानकारी गराएको छ ।
नेपाली परोपकार समाज र एनपीएस एफ सी थेगु दक्षिण कोरियाले संयुक्त रूपमा “प्रथम एनपीएस कप” फुटबल प्रतियोगिता मा १८ टीमकोे सहभागिता रहने भएको छ । समाजले नेपालीहरुको महान् चाड दिपावली र छठ पर्वको अवसरमा पारेर यस कपको आयोजना गर्न लागेको हो ।

प्रबासी भुमी दक्षिण कोरियालाई कर्मथलो बनाइ प्रबासी जीवन बिताइरहनु भएको सम्पूर्ण फुटबल प्रेमी साथीहरूलाई एकता बद्द गराइ भाइचाराको सम्बन्ध कायम गर्ने अभिप्रायले यहि नोभेम्बर ३ तारिकका दिन थेगु सहरको 대구 동구 신서동 혁신도시 중앙공원 मा अवस्थित रंगशालामा हुने एक दिवसीय फुटबल प्रतियोगिता नक आउटका आधारमा सञ्चालन हुने बताइएको छ ।

प्रतियोगितामा बिजेता टीमले ३० लाख नगद र मेडल प्रमाण पत्र साथै उप बिजेताले १५ लाख नगद र मेडल प्रमाण पत्र प्राप्त गर्नेछन् साथै उत्कृष्ट खेलाडी,उत्कृष्ट गोल रक्षक र खेल अवधिभर सवै भन्दा धेरै गोल गर्ने गोलकर्तालाई पनि उचित पुरस्कार र प्रमाण पत्र प्रदान गरिने आयोजक समितिका अध्यक्ष निमेश गुरूङले जानकारी दिनुभएको छ ।

एनपिएस एफ सीको पहिलो प्रयासमा थेगु शहरमा पहिलो पटक र यस सिजनको अन्तिम प्रतियोगिता भएकाले गर्दा कोरियामा रहनु भएका सम्पूर्ण फुटबल क्लब र खेलप्रेमी दर्शकहरुलाई सहभागिता जनाइ कार्यक्रम सभ्य र भब्य रुपमा सफल पारिदिनु हुनको लागि संस्थाका अध्यक्ष गुरूङले आग्रह पनि गर्नु भएको छ।

प्रतिक्रियाहरू