थेजनमा साहित्यकार प्रगति राईको एकल कविता वाचन साथै एसवि आइ रेमिटको सेवा

0
1982

यही आइतबार थेजनमा साहित्यकार प्रगति राईको एकल कविता वाचन साथै एसवि आइ रेमिटको सेवा उपलब्ध हुने नेपाल कोरिया कल्चर सेन्टरको आयोजनामा यही आइतबार दक्षिण कोरियाको थेजन शहरमा कवि तथा लेखक प्रगति राई एकल कविता वाचनमा प्रस्तुत हुने भएका छन् ।

उनी आफ्ना केही चर्चित र नयाँ कवितासाथ प्रत्यक्ष प्रस्तुत हुने भएका हुन् । लेखक राई आफ्नो पछिल्लो कृती बिर्सिएको मृत्यु नामक उपन्यास लिएर कोरिया आएका हुन् । जीवनका विभिन्न आयम सहित बैदेशिक पलायनले निम्ताएको दुःख र आतकंलाई प्रस्तुत गरिएको यस उपन्यासलाई धेरैले रुचाएका छन् । प्रदेशी भूमि कोरियामा रहेका नेपालीहरुको लागि पनि सो उपन्यास सान्दर्भिक रहेको छ । विशेष गरी महिला मुद्याका विभिन्न आयममा कलम चलाउदै आएकी लेखक राईका यस अघि लेखककी स्वास्नी नामक उपन्यास र बादी विज्ञप्ति नामक कविता संग्रह प्रकाशित भैसकेको छ । राईको हरियो कोरियाको गीत , बादी विज्ञप्ती, सपनाको आतंक र रुखलगायत कविताहरु लोकप्रिय रहेका छन् । साथै कार्यक्रममा एसबिआई रेमिटेन्सको सेवा पनि उपलब्ध गराउने भएका छन् ।

-- Ad --


एसबिआई रेमिटेन्सका बजार व्यवस्थापक सरोज खडक उपस्थित भएर विस्तृत जानकारी दिइने भएका छन् । थेजनमा पहिलो पटक रेमिटेन्स सम्बन्धी सेवा उपलब्ध गारउने भएका हुन् । कार्यक्रम हुने मिती र स्थानमा निम्न अनुसार रहेको छ । मिती २०१८ अगष्ठ १२ , आइतबार साय दिनको १२ बजे । स्थान सगरमाथा रेष्टुरेन्ट , थेजन यक , थेजन यकबाट पैदल सय मिटर जति दुरीमा पर्छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here