दक्षिण कोरियाका प्रवासी श्रमिकका हितमा लागु भयो नयाँ परिवर्तित नियमहरु

7675

दक्षिण कोरियामा प्रवासी श्रमिकका लागी केहि नियमहरु परिवर्तन भएको छ। परिवर्तित नयाँ नियमहरु प्रवासी श्रमिकको हितमा भएको र यि नियमहरु लागु भैसकेको कोरिएन मजदुर बिज्ञवाट आफुलाई जानकारी प्राप्त भएको एम.टि.यु सचिव मधुसदन ओझाले बताउँनुभयो।
परिवर्तित नियमहरु निम्नानुसार रहेका छन्।
१) तलब नपाएमा या तलब दिने दिन ( 월급날) भन्दा ढिलो तलब पाएमा कम्पनी परिवर्तनका लागी निबेदन दिन सकिनेछ र प्रमाणित भएमा कम्पनी परिवर्तन गर्न सकिनेछ । तर बिगतमा भने समयमा तलव नदिएमा, तलब दिन ढिलाई गरेमा अनि २ महिना सम्म तलव नदिएमा मात्र कम्पनी माथि मुदा हालेर र त्यो प्रमाणित भएपछि मात्र कम्पनी परिवर्तन गर्न पाइन्थ्यो। अहिले यि सबैको समाधानको लागि सोझै रोजगार केन्द्र गएर कम्पनी परिवर्तनको लागी निवेदन दिए लगत्तै परिवर्तन गर्न सकिने भएको छ।

२) कार्य दिवस (평일 ) मा ८ घण्टा काम गरेबाफत न्युनतम ज्याला (최저임금) प्रति घण्टा र 8 घण्टा पछि ओभर टाईम भत्ता बाफत ( 연장수당 ) प्रति घण्टा थप ५०% (कुल १५०% प्रति घण्टा ) र राती १० बजे पछि बिहान ६ बजे सम्म राती काम गरेबाफत (야간수당) थप ५०% प्रती घण्टा रातीको कामको भत्ता ( कुल २००% प्रति घण्टा ) पाउन सकिनेछ भने बिदाको दिन आइतवार ८ घण्टा काम( 휴일 근무 ) गरेबाफत प्रति घण्टा थप ५०% प्रति घण्टा (कुल १५०% प्रति घण्टा )र ८ घण्टा पछि राती १० बजे सम्म प्रति घण्टा थप ५०% ( कुल २००% प्रति घण्टा ) र राती १० बजे पछि थप ५०% (कुल २५०% प्रति घण्टा ) पाउन सकिनेछ ।

 

३) हालै प्रवासी महिला श्रमिकको हकमा यौनदुर्व्यबहारको रिपोर्ट गर्ने बितिक्कै कम्पनी परिवर्तन गर्न पाउने नियम बनेको छ । पहिले यिनै नियमहरुमा पनि प्रमाणित नहुँदा सम्म कम्पनी परिवर्तन गर्न पाँइदैनथ्यो।अहिले सम्म प्रवासी श्रमिकको पक्षमा जति पनि सुधार भएका छन सबै प्रवासी मजदुर युनियन र कोरियाली मजदुर युनियनको दवाबका कारण सम्भव भएका हुन्।

४) यदि प्रवासी श्रमिकलाई रोजगार दाताले पैसा लिएर आवासको व्यबस्था गरेको छ भने त्यहिँ अनुसारको सेवा दिनुपर्दछ भन्ने नयाँ नियममा उल्लेख गरेको छ।

यसरी यस्तै नियमहरु क्रमिक रुपमा सुधार हुदैँ गएमा Work Permit System – WPS को माग पुरा हुनेमा विस्वस्त भएको बताउँनुहुन्छ एम.टि.यु सचिव ओझा।
तर, बुझ्नु पर्ने कुरा के छ भने कोरियाली सरकारले यि नियमहरु लागु गरेपनि बिना दबाब रोजगार केन्द्रको कर्मचारीले सजिलै कुरा नसुनिदिने वा सुन्नै नमान्ने भएकोले कोरिया स्थित प्रवासी मजदुर युनियनलाई सहयोग माग्नु हुन युनियनले आग्रह गरेको छ।