दक्षिण कोरियाका बिभिन्न संस्थाले गर्‍यो सगरमाथा आरोही दाबुटी शेर्पालाई सम्मान

2706

हाम्रो सगरमाथा हाम्रो गौरब
कृषि विकाषमा हाम्रो पौरख “
भन्ने मुल नाराका साथ सन् २०१८ को पहिलो महिला सगरमाथा आरोही बनेकी दोलखा जिल्ला सिमीगाउँ ९ निवासी सुश्रि दाबुटी शेर्पा “बारिस्ता दावा” लाई कोरियामा हिजो सम्मान गरिएको छ ।
उनलाई शेर्पा संघ दक्षिण कोरिया,नेपाल आदिबासी जनजाती महासंघ , प्रदेश ३ एकता समाज , दोलखाली समाज र वुमन फर वुमन दक्षिण कोरियाले  संयुक्त रुपमा गत आइतबार सम्मान गरेको हो ।

मे १४ २०१८ अ थार्त २०७५ साल बैशाख ३१ गते बिश्व को सर्वोच्च सिखर सगरमाथा सफलता पूर्ण आरोहण गर्नु भएकी उनि एक नेपाली चेली हुन ।
नेपालको कफिलाई विश्व बजारसम्म पवर्द्धन प्रमोसन गर्ने र नेपाललाई कफिमा आत्मनिर्भर  बनाई रोजगारीको अवसर प्रदान गर्ने एवं कफि क्षेत्रबाटै  कृषकहरुलाई  र देशलाइ आर्थिकस्तर उकास्ने सगरमाथा आरोहणको मुल उदेश्य थियो । शेर्पा अहिले नेपाली कफि प्रर्वद्धन र तालिमका लागि दक्षिण कोरिया आउनुभएको हो  ।

कार्यक्रममा बोल्दै शेर्पाले आफ्नो जिवनमा आफुले सानै देखी गरेको संघर्षको कुरा बताउँदै सफलता हात पार्न निरन्तरता दिनु पर्ने कुराम जोड दिनु भयो । सगरमाथा आरोहण गर्दाको क्षणहरु सबै सामु शेयर गर्दै दक्षिण कोरिया जस्तो यो सुन्दर ठाँउमा आफु सम्मानित हुन पाँउदा खुशी ब्यक्त गर्दै सम्मान गर्ने आयोजक टिम लगायत सम्पूर्ण कोरिया बासी शुभचिन्तक नेपालीहरुलाई धन्यवाद दिनुभयो ।
कोरियाबाट नेपाल फर्किए पछि कफी प्रचारका लागि पर्वतारोहणका लागि निक्कै कठिन मानिने अमादब्लाम हिमाल चढ्ने योजना पनी उहाँको रहेको छ ।

प्रतिक्रियाहरू