दक्षिण कोरियाका राष्ट्रपति मून जे इनका विशेष दुत उत्तर कोरियामा, शिखर वार्ताको तयारी बारे छलफल

1606

दक्षिण कोरियाका राष्ट्रपति मून जे इनका विशेष दुतका रुपमा उत्तर कोरिया पुगेको टोलीले आज तेश्रो शिखर वार्ताको तयारी बारे छलफल गरेको छ । उत्तर कोरिया र अमेरिकाबीचको निशस्त्रीकरण वार्ता अवरुद्ध भइरहेको समयमा दक्षिण कोरियाका विशेष दुत छुङ वी यङ नेतृत्वको टोली आगामी शिखर वार्ताको विस्तृत तयारीका विषयमा छलफल प्योङयाङ पुगेको हो । दुइ कोरियाका राष्ट्रप्रमूख बीच यहि महिनामा राजधानी प्योङयाङमा शिखर वार्ता गर्ने तयारी भइरहेको छ । विशेष दूतको एक दिने भेटवार्ताले अवरुद्ध निशस्त्रीकरणको वार्ताले गति लिने आशा दक्षिण कोरियाले लिएको छ । उत्तर र अमेरिकाबीचको वार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना विदेश मन्त्री माइक पोम्पेओको प्योङयाङ भ्रमण रद्ध गरिदिएपछि अवरुद्ध हुदै आएको छ ।
दक्षिण कोरियाका विशेष दुतले आज उत्तर कोरियाका सिमा मामलाका प्रमूख रि सन ख्वान र सिंगापुर शिखर वार्तामा मुख्य भुमिका निर्वाह गरेका किम यङ खोलसँग बीस मिनेट लामो भेटवार्ता गरेका छन् । यद्यपी वार्ता भएको स्थल र कुराकानी बारे केहि सार्वजानिक गरिएको छैन् । उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच पहिलो पटक सिमावर्ती इलाकामा पहिलो शिखर वार्ता भइसकेको छ । सो वार्तामा प्राविधिकरुपमा रहेको उन्नाइस सय पचास देखि त्रिपन्न सम्मको युद्धको अवस्था अन्त्य गर्ने, सम्बन्ध प्रगाढ पार्ने, आणविक निशस्त्रीकरण गर्ने लगायतका विषयमा सहमती भएको थियो ।

प्रतिक्रियाहरू