दक्षिण कोरियाका राष्ट्रपति मून सेप्टेम्बर १८मा उत्तर कोरिया जाने, किमसँग वार्ता गर्ने

0
924

उत्तर कोरिया र दक्षिण कोरियाका राष्ट्रपति बीच यहि सेप्टेम्बर अठारमा शिखर वार्ता हुने भएको छ । आणविक निशस्त्रीकरण लगायत विविध मुद्धामा छलफल हुने तेश्रो शिखर वार्ता उत्तर कोरियाको राजधानी प्योङयाङमा हुने भएको कोरियन सञ्चार माध्यमहरुले जनाएका छन् । उत्तरका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति बीच सेप्टेम्बर अठार देखि बीस तारिख हुने प्योङयाङ शिखर वार्ताको तय हिजो दक्षिण कोरियाका विशेष दुत र किम बीच भएको भेटवार्ताले गरेको हो । भेटवार्तामा किमले आणविक निशस्त्रीकरणको आफ्नो प्रतिबद्धता कायमै रहेको र सो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा हुने बताएका थिए ।
अमेरिका र उत्तर कोरियाबीचको आणविक निशस्त्रीकरण वार्ता ट्रम्पले विदेशमन्त्री माइक पोम्पेओको प्योङयाङ भ्रमण रद्ध गरिदिएपछि अवरुद्ध हुदै आएको छ । तय भएको तेश्रो शिखर वार्तामा आणविक निशस्त्रीकरण, पारिवारिक विछोडमा रहेका परिवारको पुर्नमिलन, प्राविधिकरुपमा रहेको सन् उन्नाइस सय पचास देखि त्रिपन्नको युद्धको अन्त्य र द्धिपक्षिय हित र सम्बन्धका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here