दक्षिण कोरियाका राष्ट्रपति र उत्तर कोरियाका सर्वोच्च नेताबीच प्योङयाङमा भेटवार्ता जारी

660

तेश्रो शिखर वार्ताका लागि उत्तर कोरिया पुगेका दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच भेटवार्ता भएको छ । स्थानिय समय अनुसार साढे तीन बजेबाट शुरु भएको वार्ता अपरान्ह पाँच बजे सम्म हुने कोरियन सञ्चार माध्यमहरुले जनाएका छन् । दुइ नेताबीच कोरियाली प्रायद्धिपमा शान्ति र स्थाइत्व कायम, आणविक निशस्त्रीकरण र द्धिपक्षिय हितका विषयमा छलफल भइरहेको बताइएको छ ।
पहिलो पटक प्योङयाङ पुगेका मुनलाई सुनान अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वोच्च नेता किम जोङ उनले मुनलाई मिठो मुस्कान सहित स्वागत गरेका थिए । किम र मुनले अंकमाल गरेपछि दुइ नेताबीच हाँसोको फोहरा समेत उठेको समचारमा जनाइएको छ । प्रथम महिला किम जङ सुकका साथ मुन स्थानिय समय अनुसार आज दश बजेर आठ मिनेटमा प्योङयाङ ओर्लेका थिए । मुनलाई उत्तर कोरियाली सेनाले सम्मान गरेको छ भने पराम्परागत पहिरन लगाएका हजारौ उत्तर कोरियाली नागरिकले एकिकृत झण्डाका साथ मुनलाई स्वागत गरेका छन् ।
मुन र किमबीच अप्रिल र मे महिनामा सिमावर्ती पान्मुन्जोममा दुइ पटक शिखर वार्तापछि राजधानी प्योङयाङमा तेश्रो शिखर वार्ता हुन लागेको हो ।

प्रतिक्रियाहरू