
दक्षिण कोरियाको इथेवन सहरमा ह्वालोविन फेस्टिवल मनाउने क्रममा भागदौढ मच्चिदा १५९ जनाले ज्यान गुमाएका छन l
शनिवार राति हेमिल्टन होटेल नजिकै साघुरो गल्लीमा उक्त फेस्टिवल मनाउने क्रमामा एक्कासि भागदौड मच्चिएको कोरियाली संचार माध्यमहरुले बताएका छन् l
उक्त घटनामा परि ७६ जना घाइते भएका छन भने घाइते मध्ये ५७ जनाको अबस्था गम्भीर छ l
कोरियाली संचार माध्यमका अनुसार मृत्यु हुनेमा अधिकांस २० देखि ३० बर्ष उमेर समुहका युवा युवतीहरु छन l
साघुरो गल्लि तथा सेलिब्रेटीहरु हेर्नको लागी मानिसहरुको अत्यधिक भिड हुदा भागदौड मच्चिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ l उक्त गल्लीमा शनिवार राति दशौ हजार मानिसहरुको भिड लागेको थियो l