दक्षिण कोरियाको खाङवन प्रान्तस्थित रिसोर्टमा ३ विद्यार्थी मृत भेटिए, अन्य ७को गम्भिर अवस्था

1621

दक्षिण कोरियाको खाङवन प्रान्तमा ३ विद्यार्थी मृत भेटिएका छन् भने अन्य ७ विद्यार्थी अचेत छन् । खाङलुङस्थित २ तले रिसोर्ट हाउसमा घातक ग्यासका कारण विद्यार्थीको निधन भएको सञ्चार माध्यमले जनाएका छन् । अचेत विद्यार्थीको अवस्था गम्भिर रहेकोले मृतकको संख्या अझ बढ्न सक्ने प्रहरीले बताएको छ । सवै पिडित विद्यार्थी विश्वविद्यालयको इन्ट्रान्स परिक्षा सकेर फिल्ड भिजिटमा गएका राजधानी सउलको देसङ हाइ स्कुलमा अध्ययनरत भएको बताइएको छ ।

प्रतिक्रियाहरू