दक्षिण कोरियाको जनसंख्या ६ महिनामा १० हजार भन्दा बढी घट्यो

1210

गएको  ६ महिनामा दक्षिण कोरियाको जनसंख्या क्रमिक रुपमा घटेको छ l आन्तरिक  तथा सुरक्षा मन्त्रालयले प्रकाशित गरेको एक तथ्यांकअनुसार गएको डिसेम्बरमा ५१ .८५१ मिलियन रहेको सनासंख्या मे को अन्त्यमा आइपुग्दा ५१ .८४१ मिलियनमा झरेको छ l

सो अबधिमा मृत्यु दर्ता , जन्म दर्ता तथा बसाइसराइ  लाई आधार मानि  सार्बजनिक गरिएको उक्त  तथ्यांकमा सो संख्या १० हजार ५६ले घटेको छ l  उक्त अबधिमा सबैभन्दा धेरै गत फेब्रुरीमा २ हजार ८ सय ८२ ले घटेको छ भने सबैभन्दा कम अप्रिलमा ७ सय ७१ ले घटेको छ l

यसरि जनासंख्या  घट्नुमा कोभिड-१९ मुख्य कारक तत्व नभएको बताइएको छ l कोभिड-१९का कारण कोरियामा २ ७१ जनाको मात्र मृत्यु भएको छ l

कोरियामा यसभन्दा अघि सन् २००८को मार्च  र २००९ को अप्रिलमा पनि जनसंख्या  केहि घटेको थियो भने १ दशक यता भने निरन्तर बढ्दो क्रममा थियो l
कोरिया हेराल्ड

प्रतिक्रियाहरू