दक्षिण कोरियाको जीवनस्तर विश्वकै १८ औं स्थानमा

6073

दक्षिण कोरियाको जीवनस्तर विश्वकै १८ औं स्थानमा रहेको एक  अमेरिकी गैह्र नाफामुखी संस्थाले आफ्नो तथ्यांकमा देखाएको छ   l
डेलोटि अन्जिन नामक अमेरिकी  संस्थाकाले विश्वका १ सय ४६ देशमा गरेको अध्यन पछी बिहिबार प्रकशित गरेको तथ्यांकअनुसार दक्षिण कोरियाले बिकास प्रबिधि , जीवनस्तर तथा सामाजिक परिबर्तन  क्षेत्रमा ८७ .१३ प्रतिशत अंक प्राप्त गर्न सफल भएको थियो l दक्षिण कोरिया गत बर्ष एसियाली देशहरुमा २६ औं स्थानमा पर्न सफल भएको  थियो l
संस्थाले आफ्नो अध्यनमा ५१ वाट सामाजिक पक्षलाइ समावेस गरेको थियो l जसमा आधारभूत मानबिय आबस्यकता तथा अवसर हरुलाई प्राथमिकतामा राखेको थियो l दक्षिण कोरियाले शिक्षा र प्रबिधि बिकास ( आइटि क्षेत्र) मा सबैभन्दा धेरै अंक प्राप्त गर्न सफल भएको छ l
बिहिबार प्रकाशित तथ्यांकअनुसार सबैभन्दा उच्च जीवनस्तर बिकास गरेको नर्वेले ९०.२६ प्रतिशत अंक प्राप्त गरेको छ l दोस्रो स्थानमा आइसल्याण्ड छ भने स्विजरल्याण्ड ,डेनमार्क ,फिनल्याण्ड ,जापान आदि देश हरु क्रमिक रुपमा छन् l

 

प्रतिक्रियाहरू