दक्षिण कोरियाको पुनरावेदन अदालतले जेलमा रहेकी पुर्व राष्ट्रपतिको कारावासको सजाय थप्यो

4689

दक्षिण कोरियाको पुनरावेदन अदालतले भ्रष्टाचारको आरोपमा जेल सजाय भोगीरहेकी पुर्व राष्ट्रपति पार्क गुन्ह्येलाई थप एक वर्षको जेल सजाय सुनाएको छ । यस अघि तल्लो अदालतलको चौबीस वर्षको जेल सजायको फैसलालाई सदर गर्दै थप एक वर्ष गरी पच्चिस वर्षको जेल सजाय सुनाएको छ । पहिलो महिला राष्ट्रपति समेत रहेकी ६६ वर्षीय पार्क माथि व्यापक भ्रष्टाचार गरेको आरोपछि सन् दुइ हजार सत्रमा सत्ताच्यूत गरिएको थियो । सउल उच्च अदालतले उनका निकट साथी छो सुन सिललाई अनाधिकृत अधिकार दिएर बहुराष्ट्रिय कम्पनीबाट अर्बौ वोन घुस लिएको आरोपमा दोषि ठहर गरेको हो । अदालतले पुर्व सैीनक शासककी छोरी समेत रहेकी पार्क माथि पदिय दुरुपयोग, घुसखोरीमा दोषि ठहर गर्दै एक करोड अठहत्तर लाख साठी हजार डलर जरिवाना पनि सुनाएको छ । गत अप्रिलमा तल्लो अदालतले पार्कलाई चौबीस वर्षको जेल सजाय सुनाएको थियो तर सरकारी वकिलले सजाय कम भएको भन्दै पुनरावेदन गरेको थिए ।

प्रतिक्रियाहरू