दक्षिण कोरियाको रक कन्सर्टमा उत्तर कोरियाली नेता किम जोङ उन, शान्ति र एकताको सन्देश

875

उत्तर कोरियाको राजधानी प्योङयाङस्थित ग्राण्ड थियटरमा दक्षिण कोरियाका सांगीतिक समूहले आयोजना गरेको रक कन्सर्टमा किम जोङ उनले उपस्थित भएका छन् । झण्डै एक हजार पाच सय दर्शक उपस्थित उक्त कन्सर्टमा उत्तर कोरियाली नेता किम र उनकी पत्नीमा उपस्थित भएका थिए ।

दक्षिण कोरियाली सांगितिक समूहले संगीत मार्फत शान्ति र एकिकरणको आशाको सन्देश दिएका थिए । प्योङयाङ कन्सर्ट आइतबार साढे पाँच बजे शुरु हुने तय भएपनि किमको कन्सर्टमा अवलोकन गर्ने आकस्मिक निर्णयका कारण असी मिनेट ढिला सञ्चालन भएको थियो । दक्षिण कोरियाली सांगितिक कार्यक्रममा उत्तर कोरियाली नेता सहभागी र अवलोकन गरेको यो पहिलो पटक समेत हो । कन्सर्टमा सहभागी भएका किमले दक्षिणका सांगितिक समूहका सवैसँग हात मिलाएका थिए भने सउलमा हुने अर्को संयुक्त कन्सर्टका लागि शुभकामना दिएका थिए ।

गत महिना दक्षिण कोरियाको फ्याङछाङ शितकालिन ओलम्पिक आयोजनाले दुइ कोरियाबीचनागरिक र उच्चस्तरिय भेटवार्ता बाक्लिदै गएको छ भने किम र दक्षिण कोरियाली राष्ट्रपति मून जे इनबीच शिखर वार्ता हुने तय पनि भइसकेको छ । दुइ कोरियाका राष्ट्रप्रमूखबीच यहि अप्रिल २७ तारिख सिमावर्ती इलाका पान्जोन्मूमस्थित शान्ति हाउसमा हुने भएको छ भने अमेरिकासँगको आणविक निशस्त्रीकरण वार्ता मे महिनामा हुने भएको छ ।
कोरियन अनलाइनको सहयोगमा ।

प्रतिक्रियाहरू