Home कोरिया हटलाइन दक्षिण कोरियाको सिओलले प्राप्त गर्यो उत्कृष्ट स्मार्ट सिटि अवार्ड -२०२२

दक्षिण कोरियाको सिओलले प्राप्त गर्यो उत्कृष्ट स्मार्ट सिटि अवार्ड -२०२२

0
दक्षिण कोरियाको   सिओलले प्राप्त गर्यो उत्कृष्ट स्मार्ट सिटि अवार्ड -२०२२
Seou, South Korea city skyline at twilight.

किशन गौतम , दक्षिण कोरिया 

दक्षिण कोरियाको सिओल महानगरले यस बर्षको उत्कृष्ट स्मार्ट सिटि अवार्ड हात पार्न सफल भएको छ l

बार्सिलोना स्मार्ट सिटी एक्सपो वर्ल्ड कग्रेस (Scewc) बाट दक्षिण कोरियाको सिओल महानगरलाइ स्मार्ट सिटी अवार्ड २०२२ प्रदान गरिएको हो l

स्थानीय नागरिकको जीवनस्तर उकास्न प्रयोग भएका डिजिटल प्रबिधि , संचारको गति , यातायात, शिक्षा. सुरक्षा, सुशासन आदिलाई आधार मानेर उक्त अवार्ड प्रदान गरिन्छ l डिजिटल प्रविधिहरूमा धेरै पहुँच नभएका मानिसहरूलाई थप पहुँचयोग्य बनाउनमा सफल हुनेमा सिओल नगर उच्च स्थानमा रहेको छ l

”अवार्डको मुख्य पुरस्कार प्रस्तुत गर्दै बार्सिलोनाका डेपुटी मेयर लाया बोनेटले भने ” सिओल महानगरले यस स्मार्ट सिटी एक्सपो वर्ल्ड कंग्रेसको आदर्श वाक्यलाई साँच्चै सम्मान गर्दैछ । यसले संसारका अन्य शहरहरुलाई पनि प्रेरित गर्ने छ l”

“स्मार्ट सिटी वर्ल्ड कंग्रेस नामक यस प्रतिष्ठित अवार्ड समारोहमा विजेता शहरको रूपमा छनोट हुन पाउनु सिओलकाका लागि ठूलो सम्मानको कुरा हो,” सियोलका मेयर ओह सेको तर्फबाट अवार्ड ग्रहण गरेपछि सियोल डिजिटल फाउन्डेसनका अध्यक्ष काङ यो-सिकले भने।

निर्णायक समितिका पदाधिकारीप्रति कृतज्ञता व्यक्त गर्दै काङले भने, “सिओलले भविष्यमा अग्रणी स्मार्ट सिटीका रूपमा आफ्नो उत्कृष्ट प्रयास जारी राख्नेछ ।”
यस वर्षको अवार्डका लागि दर्ता भएका विश्वका ६० देशका ३३७ सहरहरु मध्ये कोरियाको सिओल ,युक्रेनको किभ, क्यानडाको टोरन्टो, अष्ट्रेलियाको सिड्नी, कोलम्बियाको बोगोटा र ब्राजिलको क्युरिटिबाले उत्कृस्ट सहर अवार्ड प्राप्त गरेका छन l

युक्रेनको किभ सिटीले द्वन्द्वको समयमा डिजिटल प्रबिधिको प्रयोग गरि आफ्ना नागरिकको सुरक्षा दिन सफल भएको थियो l

हरेक बर्ष नोभेम्वरमा आयोजना गरिने स्मार्ट सिटी अवार्ड ,उत्कृष्ट नेतृत्व तथा नवीन विचार भएका सहरहरुलाई प्रदान गरिन्छ l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here