दक्षिण कोरियाको ह्वासङ फारानमा दुतावासले स्वास्थ्य परामर्श कार्यक्रम गर्ने

640

दक्षिण कोरियाको सियोल स्थित नेपाली दुतावासले ह्वासङको फारान शहरमा स्वास्थ्य सम्बन्धी कार्यक्रम गर्ने भएको छ । रोजगार अनुमति प्रणाली इपिएस मार्फत रोजगारीका लागि दक्षिण कोरियामा पुगेका नेपालीलाई लक्षित गर्दै दुतावासले स्टार रेमिट र ह्वासङ नेपाल परिवारको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।

मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा स्वेच्छिक घर फिर्ती सम्बन्धमा दुतावासले परामर्श दिने ह्वासङस्थित नेपाली परिवारका संयोजक दिपक बन्जाराले जानकारी दिएका छन् । इपिएस लगायत माथि उल्लेखित विषयमा उपस्थित भएर जानकारी लिन तथा आफ्ना समस्या समाधान गर्न पनि दुतावासले आह्वान गरेको छ ।

उक्त कार्यक्रममा हाल जापानमा कार्यरत क्लिनिकल मनोविज्ञ तथा अकुपन्चरिस्ट डा. विजय ज्ञवालीवाट विशेष परामर्श र प्रशिक्षण समेत हुनेछ।

मिती : २१ अप्रिल २०१९ आईतबार
समय : दिनको १२:३० बजे
ठेगाना : 경기도 화상시 향남읍 평 2길 7 (향남읍) 바란 만세 카페 ,4 층

सम्पर्क :दिपक बन्जारा – ०१०-२७१३-५४८७

प्रतिक्रियाहरू