दक्षिण कोरियाको ह्वासाङ्ग फारानमा दुतावासद्वारा आयोजित स्वास्थ्य परामर्श तथा बृहत अन्तरकृया कार्यक्रम सम्पन्न

356

दक्षिण कोरियामा रहेका नेपालीहरुको स्वास्थ्य ,सुरक्षा हकहित संरक्षण तथा सम्बर्धन लागी नेपाली दुताबास,ह्वासाङ्ग नेपाली परिवार,ह्वासाङ्ग प्रहरी तथा स्टारेमिटको सहकार्यमा  बृहत अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ।

पछिल्लो समय कोरियामा रहेका नेपाली कामदारहरुमा बढदो रुपमा देखापरेको मानसिक समस्या ,डिप्रेशन तथा आत्महत्या जस्ता घटनाहरु बढेसङ्गै यसलाई न्यूनिकरण तथा रोकथाम गर्नको लागी कोरियाका बिभिन्न सहरहरुमा नेपाली दुताबासले कोरियामा स्थापना भएका संघसंस्थाहरु संग सहकार्य गर्दै बृहत अन्तरकृया कार्यक्रम गर्दै आईरहेको छ।यसै सन्दर्भलाई मध्यनजर गर्दै नेपाली दुताबास,ह्वासाङ्ग नेपाली परिवार,ह्वासाङ्ग प्रहरी र स्टार रेमिटको संयुत्त सहकार्यमा आईतबार अन्तरकृया  कार्यक्रम सम्पन भएको हो।

नेपाली दुताबासका कार्यबहाक राजदुत किरण शाक्यको सभापतित्वमा सुरु भएको कार्यक्रममा ,विशेष अतिथी जापानबाट पाल्नुभएका क्लिनिकल मनोबिज्ञ तथा अक्कुपन्चरिस्ट डाःबिजय ज्ञवाली ,अतिथीमा दुताबास श्रम सहचारी डिल्लीराम बास्तोला,ह्वासाङ्ग प्रहरीबाट खिम सङ्गजुन ,यू योङ्गफिल ,खिम ह्यन्जिन, लगाएत उल्लेख्य ब्यात्तीहरुको उपश्थिती रहेको थियो ।

कार्यक्रममा  कार्यबहाक राजदुत शाक्यले कोरियामा रहेका नेपालीहरुको समस्या तथा समाधानमा दुताबास सहयोग गर्न सदैब तत्पर रहेको साथै आउदा दिनहरुमा यि र यस्ता कार्यक्रमहरु अझै प्रभाबकारी ढंगले बिभिन्न ठाउँमा गर्ने जानाकारी दिनुभयो ।साथै कोरियामा रहेका नेपालीहरुलाई आफ्नो बैधानिक कार्यअबधी सकेपछी नेपाल फिर्ताहुन पनि आग्रह गर्नुभएको थियो।त्यसैगरी दुताबास श्रम सहचारी डिल्लीराम बास्तोला ले ईपिएस कामदारका समस्या र समाधानका उपाएहरु,बैधानिक विप्रेषण प्रवाह ,स्वदेश फिर्ती योजना तथा लगानी लगाएत समसामयिक बिषयमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा जापानमा कार्यरत क्लिनिकल मनोबिज्ञ तथा अक्कुपन्चरिस्ट डाः विजय ज्ञवाली द्वारा मानसिक स्वास्थ्य,आत्महत्या,डिप्रेसन का कारण तथा न्यूनिकरण तथा शुन्य आत्महत्या दरको बारेमा करिब १ घन्टा आफ्नो प्रस्तुती दिनुभएको थियो।त्यस पश्चात लगत्तै गरिएको अन्तरकृया कार्यक्रममा सहभागी पक्षबाट आ आफ्ना समस्या तथा जिज्ञासा राखेका थिए।सहभागीबाट सोधिएका समस्या तथा जिज्ञासा कार्यबहाक राजदुत,श्रम सहचारी,डाः विजय ज्ञवाली द्वारा जिज्ञासा तथा समस्याहरुको उचित समाधानको प्रयास गरिएको थियो ।

त्यसैगरी स्टारेमिट म्यानेजर अशोक मैनालीले बैधानिक विप्रेषण तथा स्टारेमिटका सेवा सुबिधा,रेमिट तथा बैङ्किङ्ग च्यानल प्रयोगका फाईदाहरुको बारेमा प्रस्ट्याउनुभएको थियो।कोरियामा धेरै रेमिट कम्पनी हुँदाहुदै अझैपनि अबैधानिक माध्यम हुन्डी  प्रयोग पुर्ण रुपमा बन्द नभएको भन्दै उपस्थित सबैलाई पैसा पठाउदा बैधानिक बाटो प्रयोग गर्न सुझाउनुभएको थियो ।

अन्त्यमा ह्वासाङ्ग नेपाली परिवार का संयोजक दिपक बन्जाराले कार्यक्रमलाई सफल बनाउन लागी पर्नुहुने सम्पुर्णलाई धन्यबाद ब्यक्त गर्नुभएको थियो ।साथै  यस्ता प्रकारका कार्यक्रमहरु बेलाबेलामा आयोजना गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रियाहरू