
किशन गौतम ,दक्षिण कोरिया
कोरिया फिल्म काउन्सिल र वाल्ट डिज्नी कम्पनीका अनुसार “अवतार: द वे अफ वाटर” ले पहिलो शो शुरु बारेको ४२ दिनपछि मंगलबारसम्म दक्षिण कोरियामा मात्र एक करोडभन्दा बढी दर्शकहरूले हेरका छन l
दक्षिण कोरियामा कोभिड–१९ महामारी सुरु भएयता १ करोडको आँकडा पार गर्ने यो पहिलो विदेशी फिल्म हो । कोरियाली चलचित्रहरू मध्ये, “द राउन्डअप” ले २०२२मा मा १२ मिलियन भन्दा धेरै टिकटहरू बेचेको थियो।
यो चलचित्रले दक्षिण कोरियामा पहिलो शो शुरु भएको १२ औ दिनमा ५ मिलियन अंकमा पुग्यो पुगेको छ l यस भन्दा पहिला सन् २००९ मा को , “अवतार”-१ ले १५ औं दिनमा ५ मिलियन दर्शकहरू जम्मा गर्न सफल भएको थियो l
यो संगै जेम्स क्यामरुन आफ्ना दुई हिट फिल्महरूका लागि दक्षिण कोरियामा १० मिलियन भन्दा बढी चलचित्र दर्शकहरू तान्ने पहिलो विदेशी निर्देशक बनेका छन् ।
मङ्गलबार २० औं शताब्दी स्टुडियो कोरियाको युट्युब च्यानलमा पोष्ट गरिएको भिडियोमा क्यामरुनले भने, “म सबैको समर्थन र मायाले साँच्चै प्रभावित भएको छु।”
साथै ” कोरियाली फ्यानहरूबाट हाम्रा लागि अविस्मरणीय उपहार हुनेछ,” अभिनेत्री सिगोर्नी वीभरले भनिन् ।
चलचित्र उद्योग पर्यवेक्षकहरूले अत्याधुनिक प्रविधिहरूद्वारा प्रदान गरिएको भिजुअल इमेजरीले सिनेमेटिक अनुभवलाई अधिकतम रुपमा बढाएको बताउछन ।
अवतार: द वे अफ वाटर जेम्स क्यामरुन द्वारा निर्देशित र निर्माण गरिएको को अमेरिकी महाकाव्य विज्ञान कथामा आधारित होलिउड चलचित्र हो lजसले रिक जाफा र अमान्डा सिल्भरसँग मिलेर जोश फ्राइडम्यान र शेन सालेर्नोसँग लेखेको कथाको पटकथा बनाएका थिए । सन् २०२२ मा रिलिज गरिएको, यो अवतार सन २००९ मा निर्माण गरिएको अवतार चलचित्र श्रृंखलाको दोस्रो भाग हो l
उक्त कोरियामा हेर्न चाहने जो कहिले पनि गुगल मार्फत चलचित्र चलिरहेको आफ्नो नजिकैको लोकेशन खोजेर हेर्न सकिन्छ l