
पछिल्लो तीन वर्षमा झण्डै ४० हजार कोरियालीहरूले आत्महत्या गरेका छन l युवा पुस्तामा आत्महत्याको दर बढ्दै गएको एक सरकारी तथ्यांकले बुधबार देखाएको छ।
स्वास्थ्य मन्त्रालय र कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले सत्तारुढ पिपल्स पावर पार्टीका प्रतिनिधि बेक जोङ-हेनलाई बुझाएको तथ्याङ्कअनुसार सन् २०२० देखि २०२२ को अन्तिम सम्म कुल ३९,४५३ व्यक्तिले आत्महत्या गरेका छन्।
सो संख्या सोही अवधिमा रेकर्ड गरिएको कोभिड -१९ बाट मृत्यु हुनेको संख्या भन्दा धेरै हो l
तथ्यांकनुसार विगत पाँच वर्षमा आत्महत्या दर अलिकति घटेर २०२२ मा प्रति १ लाख जनसङ्ख्या मा २५.२ मा पुगेको छ, तर किशोरकिशोरी र २० वर्ष नाघेकाहरूको आत्महत्या दर बढ्दै गएको छ।
किशोर आत्महत्या दर २०१५ मा प्रति १ लाख व्यक्तिहरुमा ५.८ बाट बढेर सन् २०२२मा ७.२ पुगेको छ lत्यसैगरी आत्महत्याको प्रयास गर्नेको संख्या पनि बढेको तथ्यांकमा उल्लेख छ l
गत वर्ष, ३६ हजार ७ सय ५४ जना मानिसहरूले आफूलाई चोट पुर्याएर वा आफ्नो ज्यान लिने प्रयास गरेपछि आपतकालीन उद्वार पश्चात बाच्न सफल भएका थिए l सो संख्या २०१२ मा २१ हजार ८ सय ७५ थियो l
आत्महत्याको डरलाग्दो तथ्यांकलाइ उल्लेख गर्दै नेता बेकले भने “सरकारले आत्महत्यालाई राष्ट्रिय प्रकोपको रूपमा घोषणा गर्नुपर्छ र यससँग लड्नका लागि हरसम्भव प्रयास गर्नुपर्छ,”