दक्षिण कोरियामा एक वृद्धद्धारा अन्धाधुन्ध गोली प्रहार, दुइ जनाको मृत्यु

1065

 

दक्षिण कोरियामा सतहत्तर वर्षिय एक वृद्धले अन्धाधुन्ध गोली प्रहार गर्दा दुइ जनाको ज्यान गएको छ । राजधानी सोल देखि एक सय नब्बे किलोमिटर दक्षिणपुर्वी बोङह्वा काउन्टीमा वृद्धले अन्धाधुन्ध गोली चलाएको प्रहरीलाई उद्धृत गर्दै कोरियन सञ्चार माध्यमहरुले जनाएका छन् । किम नामका ति आक्रमणकारीलाई प्रहरीले नियन्त्रण लिएको छ । गोली प्रहार किन गरिएको भन्ने बारे अझै खुल्न सकेको छैन् ।