दक्षिण कोरियामा कारले ठक्कर दिदाँ एक नेपाली युवाको मृत्यु

0
3813

दक्षिण कोरियामा सवारी दुर्घटनामा एक नेपाली युवाको मृत्यु भएको छ । पर्सा घर भएका ४६ वर्षीय ओमप्रकाश चौधरीको सवारी दुर्घटनामा मृत्यु भएको हो । खिम्पोमा कार्यरत चौधरी ड्युटी सकेपछि साइकल चढेर मार्ट जाने क्रममा पछाडिबाट कारले ठक्कर दिदाँ गम्भिर घाईते भएका थिए । गम्भिर घाइते अवस्थामा स्थानिय अस्पतालमा पु¥याइएको भएपनि अस्पतालले थप उपचारका लागि सुवनस्थित आजु मेडिकल कलेज रिफर गरेको थारु कल्याणकारी सभा कोरियाका बरिष्ठ उपाध्यक्ष शिवशंकर महतोले जानकारी दिएका छन् । एयर एम्बुलेम्स मार्फत आजु हस्पीटल पु¥याइएपनि अस्पतालले केहि बेरपछि मृत घोषणा गरेको थियो । मृतक चौधरीलाई ठक्कर दिने कार चालक किर्गीस्तानका नागरिक भएको प्रहरीले बताएको छ । एक कार्यकाल सकेर पुनः कोरिया गएका मृतक चौधरीका श्रीमती, एक छोरा र एक छोरी छन् ।

यसैबीच घटना बारे राजधानी सउलस्थित नेपाली दुतावास र नेपालस्थित परिवारलाई जानकारी गराइसकेको पनि महतोले बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here