कोरियामा कोरोना भाइरसको संक्रमण बढ्दो , संक्रमितको संख्या १५ पुग्यो

3612

गत महिनादेखि चीनको वुहान सहर बाट फैलिएको  नोबेल कोरोना भाइरसको संक्रमण दक्षिण कोरियामा पनि बढेको छ  l आइतबार थप ३  जनामा  प्रमाणित भएसंगै कोरियामा संक्रमितको संख्या १५  पुगेको कोरिया रोग नियन्त्रण केन्द्र   (KCDC)ले  जनाएको छ l

संक्रमित देखिएका धेरैजसो पछिल्लो समय चीनको वुहान शहर देखि फर्किएका कोरियाली नागरिक छन् l ति मध्ये २ जना महिला छन् भने १३ जना पुरुष छन् l एकजना भने चिनिया महिला रहेको बताइएको छ l

चीनको वुहान शहरमा भाइरसको संक्रमण फैलिएपछी कोरियाले त्यहा रहेका ३६८  जना आफ्ना  नागरिकलाइ  स्वदेश फिर्ता ल्याएको छ l हाल उनीहरुलाई आन्सान स्थित बिसेष  निगरानी स्थलमा राखिएको छ l उनीहरुलाई शुक्रबार चार्टर बिमान मार्फत किम्पो विमानस्थल ल्याइएको थियो l

रुखोकी ,उच्च ज्वोरो  तथा  निमोनिया जस्तो लक्षण  देखिने उक्त रोगका कारण हाल सम्म ३०४ जनाको ज्यान गैसकेको छ भने १४  हजार भन्दा धेरैमा सो भाइरसको संक्रमण देखा परेको छ l

कोरिया भित्र उक्त भाइरस संक्रमणको  शंका लागेमा आपतकालीन कल सेन्टर १३३९मा फोन गरि सहयोग लिन सकिने रोग नियन्त्रण केन्द्रले  जनाएको छ l

प्रतिक्रियाहरू