दक्षिण कोरियामा पछिल्लो २४ घन्टामा थपिए ५४ जना कोरोना भाइरसका नयाँ संक्रमित

732

दक्षिण कोरियामा गएको २४ घन्टामा ५४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् l यो संगै कुल संक्रमितको संख्या १२ हजार ९ सय ४ पुगेको छ l त्यस्तै उक्त अबधिमा मृत्युहुनेको संख्या थपिएको छैन भने निको भै घर फर्किनेको संख्या ७१ रहेको  छ l

यसरि नयाँ संक्रमित थपिनेमा अघिल्ला दिनको तुलनामा बिहिबार केहि बढी छ  l बुधबार ५१ जना नया संक्रमित फेला परेका थिए भने सोमबार र मंगलबार क्रमस ४२ र ४३ जना संक्रमित थपिएका थिए l त्यस्तै बिहिबार थपिएका नयाँ संक्रमित मध्ये ४० जना स्थानीय केस छ भने १३ जना आयातित अर्थात हालै  विदेश वाट कोरिया भित्रिएका ब्याक्ति छन् l

कोरिया रोग नियन्त्रण केन्द्र (केसीडीसि) का अनुसार कोरोना भाइरसका कारण हाल सम्म मृत्यु हुनेको संख्या  २८२ पुगेको छ भने ११ हजार ६ सय ८४ जना निको भैसकेका छन् l कोरियाले हाल सम्म १२ लाख ९५ हजार ९६२ जनामा पिसिआर प्रणाली वाट कोरोना भाइरसको परिक्षण गरेको छ l

प्रतिक्रियाहरू