दक्षिण कोरियामा पनि एक कोरियन ३५ दिन देखि अनसनमा

6199

नेपालमा स्वास्थ्य क्षेत्रको सुधारको माग राखि डाक्टर गोविन्द के.सीले आमरण अनसन जारी राखेको बेला राजनीतिक तंरग पैदा भइरहेको छ । देशको राजनीतिक र नेपालीको दैनिकी नै अस्तव्यस्त हुने चरणमा पुगेको बेला कोरियामा एक बौद्ध भिक्षु गुम्बामा भ्रष्टाचार भएको भन्दै ३५ दिन देखि आमरण अनसनमा बसेका छन् । गुम्बाका मुख्य लामाले आर्थिक अनियमिता गरेको र उनलाई पदमुक्त गर्न भन्दै अठासी वर्षीय भिक्षु आमरण अनसनमा बसेका हुन् । राजधानी सउलको जोग्ये गुम्बामा अठासी वर्षीय सन्जे नामक भिक्षु गत जुन २० तारिख देखि गुम्बा परिसरमा अनसन बस्दै आएका छन् । भोक हडतालमा गर्दै आएका भिक्षुको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको बताइएको छ । तर उनका समर्थकहरुले अनसन स्थिगत गर्न आग्रह गरेका छन् ।
अनसनमा बसेका भिक्षुको मागको विषयमा गुम्बा र अभियोग लगाइएका गुम्बाका मुख्य लामा मौन छन् । सन् दुइ हजार नौ यता गुम्बाका मुख्य लामाले उन्नाइस करोड चालीस लाख वोन गोप्यरुपमा आफ्ना छोरी र आमालाई पठाएको खुलासा भएको थियो ।
कोरियाटाइम्स

 

प्रतिक्रियाहरू