सिओल रसियामा जारी बिश्वकप फुटबलको महासंग्राम सकिने लगत्तै नेपाल फुटबल महासंघ दक्षिण कोरिया अन्तर्गत रहेका क्लब बिच झापा मिलन समाज दक्षिण कोरियाको आयोजना र झापा एफ सीको विशेष सहयोगमा” प्रथम कन्काई कप २०१८” नामक फुट्बल प्रतियोगिता हुने भएको छ।
“खेलकुदको विकास,अनुशासन र गतिशीलता, प्रवासमा पनि हाम्रो योगदान र निरन्तरता” भन्ने मुल नारा सहित झापा एफ सी आपतकालीन राहत कोष स्थापनार्थ यहि जुलाइ २९ तारिक सिओलको सोयोसन फुटबल ग्राउन्डमा सम्पन्न हुने आयोजकले जानकारि दिएको छ। प्रतियोगिता तयारि तिब्ररुपमा अगाडि बढिरहेको जानकारी गराउदै सहभागि हुने टिमले निम्न मिति २ जुलाइ २०१८ बाट टिम दर्ता प्रकृया सुरु भएको पनि जानकारी गराएको छ। प्रतियोगिताको टाइसिट २२ जुलाइ २०१८ तारिक सार्वजनिक गरिने साथै सहभागी टिम सङ्ख्या ज्यादा भाएमा दर्ता प्रकृया रोकिने आयोजक समितिका संयोजक बताउनु हुन्छ।
सहभागि दर्ता शुल्क तिन लाख कोरियन वन लाग्ने बताइएको छ। प्रतियोगिता बाट प्रथम हुने टिमलाई नगद २२लाख कोरियन वन र द्वितीय हुने टिमलाई नगद १२ लाख कोरियन वन सहित ट्रफी, प्रमाणपत्र,मेडलले सम्मानित गरिनेछ। साथै उत्कृष्ट गोलकिपर , धेरै गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट टिमलाई लाई पनि उचित पुरुस्कार तथा प्रमाणपत्र सहित सम्मानित गरिने कुरा जानकारी भएको छ। फुटबल प्रतियोगिता सगै बिभिन्न नेपाली खानाका परिकारहरु बनाइने आयोजकले जानकारी दिएको छ। फुटबलको रमाइलो सगै नेपाली खानाको स्वाद पनि लिन सकिने छ । प्रतियोगिता भब्य सभ्य र आनुशासित भएर गराइने समाजका अध्यक्ष राजु सन्तोषी थापाले बताउनु भएको छ। कोरियामा विभिन्न पेशामा आबद्ध रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ। उक्त प्रतियोगितामा फुटबलको मजा सहित नेपाली खानाको परिकारहरूको स्वाद पनि लिन सकिने छ।
उक्त प्रतियोगितामा टिम दर्ताको तथा सहयोगको लागि सम्पर्कः राजु सन्तोषी थापा ०१०६२४५२४६९ रकम जम्मा गर्नको लागी खाता नं. LIMBU KABI RAJ KEB 하나 은행 ( 외환) a/c no: 620223480004 सम्पर्क: ०१०४६९४८४९१ पुनश्च उक्त प्रतियोगितामा १८ टिम सम्म लिन सकिने जानकारी गराउदै कमि हुन आएमा महसघ को नियम अनुसार पुरस्कार को रकम घट्न सक्ने छ। टिममा म्यानेजर सहित १८ जना खेलाडी मात्र रहन सक्नेछन ।