दक्षिण कोरियामा फेरी एक जना नेपालीको सुतेकै अवश्थामा मृत्यु

871

दक्षिण कोरियामा एक जना नेपालीको सुतेकै अवश्थामा मृत्यु भएको छ। पाँचथर जिल्ला मिक्लाजुङ् गाँउ पालिका साराङ्डाँडाका सनोज आङ्देम्वेको गत शनिवार राती सुतेकै अवश्थामा मृत्यु भएको हो ।

उनी यस अघि पहिलो ५ बर्ष सकाएर फेरी कोरिया आएको र दोश्रो पटकको बसाई पनि १ बर्ष बितिसकेको बुझिन आएको छ। मृतक काम गर्ने कम्पनीमा ५ जना नेपालीहरु रहेका थिए भने उनी सँगै काम गर्ने विनम कुमार लिम्वुका अनुसार – “ हामीले हिजो बेलुकी सँगै खाना खाएका थियौ। हामी रातको ११ बजे तिर छुट्टिएका हौ। त्यसपछि आ-आफ्नो कोठामा गएर सुत्यौ। हामी आजै देखि कोरिएन भाषा पढ्न जाने भनेका थियौ। त्यसैले, मैले बिहानको ११ बजे तिर उँहाको ढोका ढक्ढक्याउउँदा नखुले पछि ढोका फुटाएर हेर्दा घटना बारे थाहा भयो। उनले भने।

अहिले उनको लासलाई पोष्टमार्टमको लागि लगिएको छ भने कम्पनीको कोठा, बाताबरण, खाने बस्ने सुबिधा पनि राम्रै रहेको बुझिन आएको छ। पहिले पनि उनको श्वास्थ्यमा केही समस्या थाहा नपाएको सहकर्मीले बताएका छन भने अहिले खास के कारणले उनको मृत्यु भयो त्यो भने पोष्टमार्टम पछि मात्र थाहा हुने नेपाली दुतावासले बताएको छ।

यस अघि पनि तेह्रथुम म्याङ्लुङ् नगरपालिका १० निवासी योगेन पयाङ्गु लिम्वुको हृदयघातका कारण मृत्यु भएको थियो।

प्रतिक्रियाहरू