Home प्रमुख समाचार दक्षिण कोरियामा बृहत अन्तर्राष्ट्रिय आतिशबाजी महोतासव हुदै , १० लाख मानिसको उपस्थिति रहने अनुमान

दक्षिण कोरियामा बृहत अन्तर्राष्ट्रिय आतिशबाजी महोतासव हुदै , १० लाख मानिसको उपस्थिति रहने अनुमान

0
दक्षिण कोरियामा बृहत अन्तर्राष्ट्रिय  आतिशबाजी महोतासव हुदै , १०  लाख मानिसको उपस्थिति रहने अनुमान

दक्षिण कोरियाली हान्वा समूहले आयोजना गर्न लागेको सियोल अन्तर्राष्ट्रिय आतिशबाजी महोतासवमा १० लाख भन्दा धेरै दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ l
यहि आउदो सनिवार अर्थात अक्टोबर ७ तातिका दिन आफ्नो वार्षिक कार्यक्रममा विभिन्न देशहरूबाट सहभागिताका साथ दस लाख भन्दा धेरै दर्शकलाई प्रत्यक्ष मनोराजन दिने बताएको छ l

‘लाइट्स अफ टुमरो “’ भन्ने मुख्य विषयवस्तु अन्तर्गत यस वर्षको कार्यक्रममा कोरिया, चीन र पोल्याण्डबाट गरि जम्मा तीन टोली सहभागी हुनेछन् । पोल्याण्ड यो वर्ष पहिलो पटक सहभागी हुन लागेको हो ।

सन्नी, चिनियाँ टोलीले पहिलो पटक साँझ ७ बजेर २० मिनेट जादा १५ मिनेटको आतिशबाजीको साथ कार्यक्रम सुरु गर्नेछन , जसको उद्देश्य “सपनाहरू यथार्थ बन्ने” र “आशामय भोलि” जस्ता सन्देशहरू दिने लक्ष्य राखिएको छ।

दोस्रो प्रदर्शन पोलिश टोली, स्युरेक्सले ७ बजेर ४० मिनेटमा गर्ने छ । “लाइट अप द वर्ल्ड” विषयवस्तु अन्तर्गत टोलीले पृष्ठभूमिमा संगीत सहित विभिन्न आतिशबाजीहरू प्रस्तुत गर्ने योजना बनाएको छ ।

कार्यक्रमको फाइनलमा बेलुका ८ बजेदेखि कोरियाली टोली हान्वा ग्रुपले स्वागत गर्नेछ। यसले प्रदर्शनमा अक्षर र संख्याहरू प्रयोग गरेर चन्द्रमाबाट प्रेरित आतिशबाजी प्रस्तुत गर्नेछ ।

विशेष गरी, यसले आफ्नो नयाँ “हरिकेन फायरवर्क्स” अनावरण गर्न अझै ठूलो संख्यामा बार्जहरू प्रयोग गरेर यस वर्षको इभेन्टलाइ फरक स्तरमा लैजाने योजना बनाएको छ।

कार्यक्रमले ठूलो संख्यामा मानिसहरूलाई आकर्षित गर्नेछ भन्ने कुरालाई ध्यानमा राख्दै, हान्वाले भीडलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न र आपतकालिन अवस्थामा तुरुन्त प्रतिक्रिया दिन सियोल महानगर सरकारसँग नजिकबाट सहयोग गर्ने बताएको छ । साथै घटनास्थलमा तैनाथ सुरक्षाकर्मीहरूको स्थान ट्र्याक गर्न विशेष एप पनि विकास गर्ने बताएको छ ।
महोत्वस हुने स्थान – सिओल , ट्रेन लाइन नम्बर ५ गेट यइनारो ( 여의나루) स्टेसन २ र ३ नम्बर गेट अगाडी , हान नदीको किनार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here