दक्षिण कोरियामा ब्यावसायिक शिप सिक्दै नेपाली युवाहरू

2249

रोजगारीका लागि दक्षिण कोरियामा रहेका केही नेपाली युवाहरुले नेपालमा गएर नयाँ ब्यावसाय कसरि सञ्चालन गर्न सकिन्छ भन्ने बिषयमा ब्यावसायिक तालिम लिइरहेका छन् । गत सेप्टेम्बर २९ तारिखदेखी सुरु भएको तालिम यही अक्टोबर  २० सम्म चल्ने छ ।

तालिमको मुख्य आयोजना सौल महानगरपालीकाको सहयोगमा गैर नाफामुलक सँस्था खाया इन्टरनेशनल र इ-एन कम्पनिले सम्युक्तरूपमा गरिरहेका छन् ।तालिम हाल राजधानी सउलको गान्नाम सहरमा तालिम सञ्चालन भैरहेको छ ।

पछिल्लो समय युवाहरू पलायन भएर देशको अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्समा आश्रित भएको अवस्थामा यस्ता तालिमहरूले युवाहरूलाई देशमै केहि गर्न हौसला  प्रदान गर्नेछ भन्ने आसा तालिमका भाषा अनुबादक ज्ञान सागर भण्डारीको छ ।

भाषा अनुबादक भण्डारीका अनुसार सामाजिक सञ्जाल फेसबुक मार्फत सर्वजनिक सुचना राखेर युवाहरू संकलन गरिएको थियो । पहिलो चरणको कार्यक्रममा ३० युवाहरू सहभागी हुनुहुन्छ ।

तालिममा इ-९ अर्थात बिना शिपको भिषामा कोरियामा रहनुहुने युवाहरूलाई सहभागि गराइएको छ भने कार्यक्रममा सहभागि हुन कोरिया आएको कम्तिमा एक बर्ष हुनुपर्ने प्रावधान छ । उक्त तालिम हरेक आईतवार बिहान १० बजेदेखी साझ ४ बजेसम्म संचालन भइरहेको छ । यो बर्ष सहभागि जनाउन नसकेकाहरुले आगामी बर्ष हुने कार्यक्रममा सहभागिता जनाउन सकिने आयोजकले जनाएको छ ।

थप जानकारीका लागी भाषा अनुबादक ज्ञान सागर भण्डारी(01072684050)लाई सम्पर्क गरी बुझ्न सकिनेेछ।

प्रतिक्रियाहरू