दक्षिण कोरियामा रेमिट कम्पनी जिएमईले साखासँगै सेवा पनि विस्तार

5020

दक्षिण कोरियाबाट विश्वका एक सय भन्दा बढी मुलुकमा रेमिट्यान्स कारोबार गर्दै आइरहेको रेमिट कम्पनी जिएमईले साखा विस्तारलाई तिब्रता दिएको छ । यो वर्ष भित्र कोरियाभर १० वटा साखा विस्तार गर्ने लक्ष्य अनुरुप आइतबार ओइजम्बू नजिकैको फोछनस्थित सङगुरीमा साखा कार्यलय उद्घाटन गरी कारोबारको शुभराम्भ समेत गरेको छ । कोरियाको पहिलो रेमिट कम्पनी जिएमईको राजधानी दोङ्देमूनमा मुख्य कार्यलय रहेको छ भने आन्सान, ह्वासङको फारान, किम्हे र सङ्गुरीमा साखा रहेको छ ।

नेपालको आइएमई र आईएमइ बैंकसँग समन्वय गरेको जिएमईले चीनबाट विश्वका सवै मुलुकमा रेमिट्यान्स सेवा दिइरहेको छ भने इपिएस कामदारका मुलुक बंगलादेश, श्रीलंका, म्यान्मार, भियतनाम, कम्बोडिया, मंगोलिया लगायत मुलुकमा दश मिनेट मै रेमिट्यान्स र ३० मिनेट देखि २४ घण्टा भित्र बैंकका रकम डिपोजिट गर्ने व्यावस्था रहेको छ । सेवालाई सर्वसुलभ, चुस्त पार्दै लगेको जिएमईले साखा विस्तार सँगै सेवालाई पनि फराकिलो पार्दै लैजाने घोषणा गरेको छ । सङ्गुरीमा साखा कार्यलय उद्घाटन कार्यक्रममा कम्पनीले भिषा सेमिनार, लोन(ऋण), फ्रि सिमकार्ड, मोबाइल पे अर्थात नेपाल र कोरियाका मोबाइलमा ब्यालेन्स ट्रान्सफर र सामाजिक सेवामा पनि समर्पित गर्ने घोषणा गरेको छ भने सेवालाई थप चुस्त र सेवाग्राहीको सहजताका लागि आगामी महिनाबाट अटो सिस्टम मार्फत रेमिट्यान्स सेवा दिने तयारी भइरहेको जिएमईका मार्केटिङ प्रमूख धर्मराज गौतमले जनाउनु भएको छ ।

अटो सिस्टम सेवाग्राहीको रोजाईमा रहेकोमा जानकार रहेको कम्पनीले सिस्टम ल्याउन प्राविधिक रुपमा गृहकार्य भइरहेको बताएको हो । सामाजिक उत्तरदायित्व अन्र्तगत जिएमईले नेपालका गरिब तथा उपचारबाट बन्चित केहिलाई कोरियाको सुविधा सम्पन्न अस्पतालमा उपचार सेवा दिने सोचमा रहेको र त्यस बारे गृहकार्य गरी छिट्टै घोषणा गर्ने कम्पनीका सिईओ जोनले बताउनु भएको छ । साखा उद्घाटनमा उल्लेख्य संख्यामा नेपाली र इपिएस कामदारको उपस्थिति रहेको थियो । उद्घाटनमा फोटो सेसन र जिएमईको तर्फबाट विशेष उपहार समेत दिइएको थियो । उपस्थित नेपाली सेवाग्राहीले जिएमईको सेवा अहिले सम्म राम्रो रहेको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रियाहरू