दक्षिण कोरियामा श्री स्वस्थानी साँगेता समापन कार्यक्रम भब्य रुपमा सम्पन्न

273

सनातन साहित्य संगित साधना समूह “पाँच-स” दक्षिण कोरियाले आज श्री स्वस्थानी ब्रतकथाको बिधिबत् पूजाअर्चना भजनकृतन सहित साँगेता समापन कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ।

समूहले परदेशी भूमिमा रहेर पनि आफ्नो सँस्कृतिलाई रक्षा गर्दै चाडपर्व मनाउने उद्देश्यका साथ स्थापना कालदेखि नै बिबिध कार्यक्रमहरु गर्दै आईरहेको छ भने गत २०१९ जनवरी २१ तारिख (२०७५ माघ ७) सोमबारका दिनदेखि दैनिक रुपमा श्री स्वस्थानी ब्रतकथाको अनलाईभ बाचन गर्दै पनि आईरहेको थियो।

-- Ad --


समापन कार्यक्रममा समुहले कोरियामा छरिएर रहनुभएका सम्पूर्ण संघ-संस्थाका प्रतिनिधि, बुद्धिजिबी, समाजसेवी, ब्यापारी, पत्रकार तथा कोरियावासी नेपाली अग्रज, दाजुभाई तथा दिदिबहिनीहरुलाई यस पुण्य कार्यमा सहभागी भई प्रसाद ग्रहण गर्न निमन्त्रणा पनि गरेको थियो भने बाक्लो संख्यामा भत्तजनहरुको उपस्थितीमा सांगेता कार्यक्रम सम्पन्न भएको हो।

यस पुण्य कार्यमा सहभागी हुनु हुने एंव सुभेच्छुक, शुभचिन्तक सबैलाई आयोजकले हार्दिक धन्यवाद ब्यक्त्त गरेको छ भने कार्यक्रम कोरियाको आन्सान यक स्थित कान्तिपुर रेष्टुरेण्टको हलमा गरिएको थियो।