दक्षिण कोरियामा ९७ बर्षीय बृद्वा जितिन कोरोना संगको लडाई , पूर्ण निको भएर घर फिर्ता

613

दक्षिण कोरियाकी ९७   बर्षीय वृद्धा  नोभेल कोरोना भाइरसको संक्रमणबाट पूर्ण रुपमा मुक्त भएकी छन्  । हाल सम्म उनी कोरियामा कोरोना भाइरसको संक्रमण पछि निको हुने सबैभन्दा वृद्ध महिला हुन् ।

बुधबार छियोङ्दो काउन्टीकी ह्वाङ्गलाई पूर्ण स्वस्थ भएको घोषणा गरियो ।

देगुको दक्षिण शहर नजिकै रहेको छियोङ्दो काउन्टी बन्द छ । यहाँ कोरोना भाइरसका धेरै संक्रमित छन् ।

ह्वाङ्गलाई मार्च १३ तारिखमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनको थेगुको  पूर्वमा रहेको पोहाङ्ग पब्लिक क्लिनिकमा आइसियूमा राखेर उपचार गरिएको थियो ।

उनी अहिले छियोङ्दोस्थित आफ्नो घरमा क्वारेन्टिनमा छिन् । त्यहाँ उनी आफ्नो छोरासँगै बस्छिन् ।

प्रतिक्रियाहरू