दक्षिण कोरियाम स्वाइन फ्लूको सन्त्रास ,विमानस्थलमा कडाइ , इपिएस कार्यालयले निकाल्यो यस्तो सूचना

2275

दक्षिण कोरियामा केहिदीन यता  बुन्गुर बाट सर्ने    अफ्रिकन  स्वाइन फ्लूको सन्त्रास बढेको छ  ।  गत मंगलवार फाजुको एक बुन्गुर फारममा  ५ वटा बुन्गुर मरेपछि   पहिलो पटक स्वाइन फ्लूको आशंका गरिएको थियो l

परिक्षण पश्चात स्वास्थ्यकर्मीले उक्त कुराको  पुष्टि गरेका थिए l त्यसको लगत्तै इन्छन , किम्पो लगाएतका स्थानहरुमा पनि स्वाइन फ्लूको प्रकोप देखा परेको छ l

पछिल्लो समय उक्त रोगले थप महामारी लिन थालेपछि स्वास्थ विभागले बुन्गुर फारम भित्र र बाहिर निस्किने गाडीहरुमा थप कडाइ गरेको छ l त्यस्तै विदेश बाट आयात हुने बुंगुर तथा मासुजन्य पदार्थमा थप कडाइ गरिएको बताएको छ l

इपिएस कार्यालयले निकाल्यो सुचना

पछिल्लो समय कोरियाको इन्छन विमानस्थलले मासुजन्य पदार्थमा थप कडाइ गरेकोपछी इपिएस कार्यालय ग्वार्को ललितपुरले बर्जित गरिएका समान नलैजान भन्दै सूचना प्रकाशित गरेको छ l

प्रायजसो नेपालीहरु कोरिया प्रवेश गर्दा मासुजन्य पदार्थ जस्तै सुकुटी , अचार , भुटेको मासु ,सिद्रा आदि ल्याउने प्रचलन छ l पछिल्लो समय विमानस्थलले थप कडाइ गरेसंगै उक्त बस्तु फेला परे जरिवाना तथा जेल सजाय समेत हुन सक्ने छ l

इपिएस कार्यालयले निकालेको सुचना यस्तो छ l

प्रतिक्रियाहरू