Home प्रमुख समाचार दक्षिण कोरियाले अर्को साता विशेष दूत प्योङयाङ पठाउने, राष्ट्र प्रमूखबीचको भेटवार्ता तय हुने

दक्षिण कोरियाले अर्को साता विशेष दूत प्योङयाङ पठाउने, राष्ट्र प्रमूखबीचको भेटवार्ता तय हुने

0
दक्षिण कोरियाले अर्को साता विशेष दूत प्योङयाङ पठाउने, राष्ट्र प्रमूखबीचको भेटवार्ता तय हुने

दक्षिण कोरियाले अर्को साता उत्तर कोरियामा विशेष दुत पठाउने भएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जे ईन र उत्तर कोरियाली नेता किम जोङ उनबीचको शिखर वार्ता तय गर्नका लागि दक्षिणले विशेष दुत पठाउन लागेको हो ।
दक्षिण कोरियाको राष्ट्रपतिको कार्यलयका अनुसार आज शुक्रबार उत्तरले टेलिग्राम पठाएको छ । सेप्टेम्बर पाँच तारिख विशेष दुत प्योङयाङ जाने तय भएपनि राष्ट्रपति मूनले नाम अझै तय नगरेको कोरियन सञ्चार माध्यमहरुले जनाएका छन् । दुइ कोरियाबीच यहि सेप्टेम्बरमा राजधानी प्योङयाङमा शिखर सम्मेलन गर्न सहमत भएका थिए । तर मिति भने सार्वजानिक भएको छैन् । प्योङयाङ शिखर सम्मेलनमा मून सहभागी भए सन् दुइ हजार सात पछि उत्तर जाने पहिलो दक्षिण कोरियाली राष्ट्रपति हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here