दक्षिण कोरियाले नेपाललाई दियो ५५ करोड

684

दक्षिण कोरियाले प्राविधिक तथा व्यवसायिक प्रशिक्षकको क्षमता विकासका लागि नेपालाई ५५ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ । आज अर्थ मन्त्रालयका सचिव डा। राजन खनाल र नेपालका लागि दक्षिण कोरियाका राजदुत एचई पार्कले नेपालको प्राविधिक तथा व्यवसायिक प्रशिक्षकहरुको क्षमता विकासका लागि आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो । कोरियाको ‘कोइका’ नामक अन्तराष्ट्रिय एजेन्सीमार्फत् नेपाल सरकारलाई उपलब्ध गराउने आर्थिक सहायता नेपालको प्राविधिक तथा व्यवसायिक शिक्षाको गुणस्तर वृद्धि गर्ने कार्यक्रममा खर्च हुने सचिव खनालले जानकारी दिनु भयो ।राजदुत पार्कले नेपालको सामाजिक(आर्थिक विकासमा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । दक्षिण कोरियाले नेपालको आर्थिक(सामाजिक क्षेत्रको विकासमा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।।

 

प्रतिक्रियाहरू