
चीनले मंगलबार छिमेकी देशका यात्रुहरू विरुद्ध कोरियाली सरकारले लगाएको कडा कोभिड-१९ प्रतिबन्धको विरोधमा व्यापारिक उद्देश्य र पर्यटनका लागि देशको यात्रा गर्ने लगायत कोरियालीहरूका लागि छोटो अवधिको भिसा जारी गर्न बन्द गर्ने जनाएको छ ।
सियोलमा रहेको चिनियाँ दूतावासले आफ्नो आधिकारिक वि च्याट मार्फत बेइजिङको निर्देशनमा मङ्गलबारदेखि कोरियाली नागरिकका लागि चीनमा छोटो अवधिको भिसा जारी गर्न निलम्बन गरिरहेको जनाएको छ। दूतावासले थप्यो कि “नियमहरू दक्षिण कोरियाको भेदभावपूर्ण प्रवेश प्रतिबन्धहरू रद्द गर्ने योजनाहरूको आधारमा समायोजन गरिनेछ ।”
चीन सरकारले चीन आगमनका लागि क्वारेन्टाइन आदेश कडा गर्ने ती देशहरू विरुद्ध समान उपायहरू लिने चेतावनी दिएको छ ।
अमेरिका, जापान र इटालीले चीन बाट प्रवेश गर्ने यात्रुलाई यात्रा प्रतिबन्धलाई कडा बनाएका देशहरूमध्ये पर्दछन l चीनले यस्तो चेतावनी दिदै भिसा दिन बन्द गरेको कोरिया पहिलो देश हो ।
समाचार एजेन्सी कोरिया हेराल्डका अनुसार कोरिया स्थित चिनिया दुतावासले अडान दोहोर्याउदै र भन्यो कि “दक्षिण कोरियाली सरकारले चीनबाट आउने प्रतिबन्धहरू कम गर्ने योजना बनाएपछि मात्रै भिसा निलम्बन हटाइनेछ ” । उसले थप टिप्पणी गर्न अस्वीकार गर्यो ।
स्थानीय मिडिया आउटलेटहरूले रिपोर्ट गरेअनुसार व् व्यापारिक गतिविधिका लागि चीन प्रवेश गर्ने यात्रुहरूलाई जारी गरिएको एम भिसा र चीनमा निजि प्रयोजनका लागि विदेशी परिवारका सदस्यहरू बस्नेहरूलाई दिइने S2 भिसा निलम्बन गरिएको छ ।
चीनको कार्य भिसा वा Z भिसा, X1 अन्तर्राष्ट्रिय विद्यार्थी भिसा, र चिनियाँ वंशजहरू वा चिनियाँ नागरिकहरूको विदेशी जीवनसाथीहरूका लागि Q1 भिसा जस्ता दीर्घकालीन भिसाहरूलाइ यस कदमले फरक नपर्ने पनि बताएको छ l
घोषणाको लगत्तै, कोरियाको विदेश मन्त्रालयले द्विपक्षीय कूटनीतिक च्यानल मार्फत उपायबारे बेइजिङसँग कुराकानी गरिरहेको बताएको छ। बेइजिङ्गसँग नजिकबाट काम गर्ने वाचा गर्दै, परराष्ट्र मन्त्रालयका प्रवक्ताले चीनबाट आउने यात्रुहरूका लागि सियोलको क्वारेन्टाइन जनादेशको बचाउ गर्दै भने यसलाई वैज्ञानिक आधारमा लागू गरिएको छ ” ।
विदेश मन्त्रालयका अधिकारीले बेइजिङको प्रतिशोधात्मक कदमप्रति खेद व्यक्त गर्दै, मन्त्रालयले यस विषयमा सियोलको स्थिति पहिले नै बुझाइसकेको र चीनसँग थप बार्ता गर्ने प्रयास गर्ने बताए।