दक्षिण कोरियाले लगायो पाकिस्तान र बंगलादेशलाइ प्रवेशमा रोक

1964

पछिल्लो समय बंगलादेश तथा पाकिस्तानबाट  प्रवेश गरेका यात्रुमा कोरोना भाइरसको संक्रमण देखा पर्ने थालेपछी दक्षिण कोरियाले ति देशबाट भित्रिने नागरिकको भिसा रद्व गर्दै प्रवेशमा रोक लगाएको छ l

केहि दीन अघि कोरियाको जेजु हाल्ला विश्वबिद्यालयमा अध्यनरत बंगलादेशी बिधार्थीमा कोरोना संक्रमण देखापरेको थियो l उनीहरुलाइ  कोरिया प्रवेश गरेलगत्तै परिक्षण बाट पुष्टि भएको थियो l त्यस्तै गत हप्ता पाकिस्तानबाट प्रवेश गरेका यात्रुमा पनि संक्रमण देखा परेको थियो l

स्वास्थ्य मन्त्रालयका अनुसार दुइदीनकै समयाबाधिमा ३१ जना आयातिक संक्रमण फेला परेको छ l जसमा धेरैजसो बंगलादेश, पाकिस्तानबाट प्रवेश गरेका नागरिक छन् l

हाललाई ति देशबाट बिसेष कुटनीति बिभागका तथा चार्टर्ड उडान बाहेकका अन्य उडानहरुलाइ समेत निषेध गरिएको न्याय मन्त्रालयले बताएको छ l

कोरियामा केहि साम्य भएको कोरोना संक्रमणको जोखिम पुनः बढ्न त्घालेपछी सरकारले विदेश बाट आउने कुनैपनि यात्रुलाई अनिबार्य १४ दीन क्वारेन्टाइन बस्नु पर्ने नियम लाइ थप कडा बनाएको छ l

प्रतिक्रियाहरू