Home प्रमुख समाचार दक्षिण कोरियाले सन् २०२४ देखि सम्पूर्ण बिदेशी सहायता केन्द्रहरु बन्द गर्ने

दक्षिण कोरियाले सन् २०२४ देखि सम्पूर्ण बिदेशी सहायता केन्द्रहरु बन्द गर्ने

0
दक्षिण कोरियाले सन् २०२४ देखि सम्पूर्ण बिदेशी सहायता  केन्द्रहरु बन्द गर्ने

दक्षिण कोरियाले विदेशी कामदारहरूलाई देशमा बसोबास गर्न मद्दत गर्ने सहायता केन्द्रहरू बन्द गर्ने तयारी गरेको छ ।

रोजगार तथा श्रम मन्त्रालयका अनुसार सरकारले आगामी वर्ष देशभरका वैदेशिक कामदार सहायता केन्द्रका लागि बजेट विनियोजन नगर्ने निर्णय गरेको हो ।

सन् २००४ मा पहिलो पटक खोलिए देखि हाल सम्म ४४ वटा बैदेशिक सहायता केन्द्रहरु सुचारु छन l उक्त केन्द्रहरुबाट विदेशी कामदारहरूलाई श्रम समस्या र सामाजिक एकीकरणमा मद्दत गर्न, साथै उनीहरूलाई आश्रय प्रदान गर्न र कोरियाली भाषा क्षिक्षाको निमित्त सरकारले ५.३ मिलियन अमेरिकी डलर बराबरको बार्षिक बजेट छुट्याउदै आएको छ l

सरकारले आगामी बर्ष देखि अभूतपूर्व रुपमा बजेट कटौती गर्ने निर्णय गरेपछि देशभरका ४४ वटै केन्द्र पूर्ण रुपले बन्द हुनेछन l

यद्यपि, यो निर्णय जनसांख्यिकीय संकटको बीचमा देशको श्रमशक्तिको अभावलाई सम्बोधन गर्न आप्रवासी कामदारहरूलाई आकर्षित गर्ने उद्देश्यको विपरित रहेको विज्ञहरु बताउछन l

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here