दक्षिण कोरियाले स्वचालित कार निर्माण गर्दै

946

नविनतम विकास र प्रविधिमा निकै अगाडी रहेको दक्षिण कोरियाले स्वचालित कार निर्माण गर्ने तयारि गरेको छ l बिज्ञान तथा प्रबिधि मन्त्रालयका अनुसार  उक्त प्रबिधिको लागि सरकारले आगामी ३ बर्षको अबधिमा १४.३ बिलियन वोन  अर्थात १२ .२ मिलियन अमेरिकी डलर  खर्च गर्ने छ l
कृतिम  बौद्विकता  (आर्टिफिसियल इन्टेलिजन्स – ए आइ ) प्रविधिमा आधारित उक्त कार निर्माणको लागि सरकारले स्थानीय कम्पनिहरुलाई प्रबिधि क्षेत्रमा थप सहयोग गर्ने बताएको छ l
यसरि निर्माण गरिने स्वचालित कारको लेबल ३ सम्म आबस्यक परेमा मानब चालकले समेत निर्दिष्ट गर्नु पर्ने छ भने लेबल ४ र ५ को लागि मानब चालकको आबस्यकता पर्ने छैन l
यी कारहरुले आफ्नो अगाडी पछाडी भएका सवारीहरुको अबस्था आफै पत्ता लगाउने छन भने चाहेको रुटमा स्वाचालित रुपामा चल्ने छन् l  उक्त कारहरुमा सयौं बौदिक  यन्त्रहरु जडान गरिएको हुने छ l
सन् २०१९ को मध्य तिर ए आइ पावर चिप्सको निर्माण थाल्ने मन्त्रालयले जनाएको छ l यसको लागि आगामी  १० बर्षमा २५० बिलियन वोन खर्च गर्ने तयारि गरेको छ  l
निकट भबिस्यमा स्वचालित कारहरुको माग अत्यधिक बढ्ने  अपेक्षा गरिएको छ l मन्त्रालयले स्वाचालित  इन्जिनमा आबस्यक पर्ने सेमिकन्डक्टरको मार्केट सन् २०२५ सम्म २६.३ बिलियन अमेरिकी डलर पुग्ने अनुमान  समेत गरेको छ l
कोरिया टाइम्स

प्रतिक्रियाहरू