
दक्षिण कोरियाले भिसा बिहिन बस्ने बिदेशी नागरिक माथी थप कडाइ गर्ने भएको छ l यहाँको न्याय मन्त्रालयले निकालेको सुचना अनुसार
पछिल्लो समय गैरकानूनी विदेशीको सङ्ख्या फेरि बढ्दै गएपछि कडाइका लागी स्टे अर्डर कायम गर्न सम्बन्धित मन्त्रालयसँग संयुक्त सहाकार्य गरेको छ l
न्याय मन्त्रालयको सुचना अनुसार २०२३ फेब्रुअरी १ देखि मार्च महिनाको ३१ तारिख सम्म भिसा नभएका प्रवासी श्रमिकहरुमाथी संयुक्त कार्यदल निर्माण गरि धरपकड गर्ने छ l उक्त कार्यदलमा सहभागी मन्त्रालयहरू न्याय मन्त्रालय, राष्ट्रिय प्रहरी निकाय, रोजगार तथा श्रम मन्त्रालय, भूमि, पूर्वाधार तथा यातायात मन्त्रालय, कोरिया कोस्ट गार्ड आदि ५ मन्त्रालयको संयुक्त अभियान रहने छ l
घोषणा गरे अनुरुप संयुक्त धरपकड क्षेत्रहरूमा : पार्सल डेलिभरी र डेलिभरी एजेन्सीहरू साथै कोरियन मानिसहरूको काममा अतिक्रमण गर्ने उद्योगहरु। मनोरञ्जन प्रतिष्ठानहरू र विदेशीहरूले लागुऔषध अपराध जस्ता ठूलो सामाजिक हानी हुन सक्ने स्थलहरु l सार्बजनिक बाटो , रेलवे स्टेसन सार्बजनिक बस तथा ट्याक्सीहरुमा समेत कडाइ गर्ने छ बताएको छ l