दक्षिण कोरिया पहिलोपटक फिफा U-२० विश्व कपको फाइनलमा

1696

दक्षिण कोरिया पहिलोपटक फिफा(FIFA) U-२० विश्व कपको फाइनलमा पुगेको छ । पोल्याण्डमा मंगलवार भएको खेलमा मरिसिस विरुद्ध १-० को जीत निकालेपछि कोरिया पहिलोपटक फाइनल पुगेको हो ।

लुबलिन स्टेडियममा भएको उक्त खेलमा स्टाइकर चोई जूनले ३९ औं मिनेटमा गरेको एक गोलले नै कोरियाको युवा खेलाडीलाई पहिलोपटक फाइनल सम्म पुर्याएको कोरियाली संचार माध्यमहरुले जनाएका छन् ।

पोल्यान्डको लोज शहरमा लोज्ज स्टेडियममा हुनेफाइनल खेलमा दक्षिण कोरियाले युक्रेनको सामना गर्नेछन् । खेल आगामी शनिबार स्थानीय समय अनुसार दिउसो ६ बजे(कोरियन समय आइतबार बिहान १ बजे) हुने जनाएको छ ।
यस अघि १९९० मा म्येक्सीकोमा भएको U-20 विश्व कपको सेमिफाइनलमा पुगेका थिए । जहाँ ब्राजिल र पोल्यान्डसंग हारेर चौथोमा चित्त बुझाएको थियो । एसियाली देशहरु मध्ये फुटबल खेलमा राम्रो विकास गरिरहेको कोरियाले यस सफलतालाई ठूलो उपलब्धिको रुपमा लिएको देखिन्छ । यहाँका मिडियाहरुले उच्च प्राथमिकताका साथ समाचार प्रकाश प्रसारण गरिरहेका छन् ।

श्रोत: फोनिज कोरिया

प्रतिक्रियाहरू